Tuesday, April 14सत्यम खबर
Shadow

घण्टेश्वर माविको भवन भारतको सहयोगमा निर्माण

काठमाण्डौ, ३२ असार –भारतको अनुदान सहयोगमा डोटीको जोरायल गाउँपालिका–४ कुण्डीकोटमा अवस्थित श्री घण्टेश्वर माध्यमिक विद्यालयका लागि निर्मित विद्यालय भवन तथा छात्रावास उद्घाटन भएको छ । काठमाडौंस्थित भारतीय राजदूतावासका द्वितीय सचिव प्रशान्त कुमार सोना र जिल्ला समन्वय समिति, डोटीका प्रमुख लक्ष्मण बहादुर सिंहले संयुक्त रुपमा विद्यालय भवन तथा छात्रावासको उद्घाटन गरेका हुन् ।

शिक्षा क्षेत्रमा भारत–नेपाल विकास सहकार्य कार्यक्रम अन्तर्गत सामुदायिक विकास परियोजनाको रुपमा भारत सरकारको आर्थिक सहयोग ९६ लाख ९ हजारको लागतमा परियोजनाको निर्माण भएको जनाइएको छ ।

परियोजना भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको “आजादीका अमृत महोत्सव” अन्तर्गत यस वर्ष नेपालमा उद्घाटन गरिने ७५ परियोजनाहरु मध्येको एक हो ।

६५० भन्दा बढी विद्यार्थीहरु अध्ययनरत विद्यालय डोटी जिल्लाकै प्रतिष्ठित विद्यालय हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *