Friday, April 17सत्यम खबर
Shadow

आर्ट अफ लिभिङद्वारा वृक्षारोपण

नेपालगन्ज, २८ असार – द आर्ट अफ लिभिङ नेपालगन्जले बाँकेको बाल सुधार गृहमा वृक्षारोपण गरेको छ ।
डुडुवा गाउँपालिका–६ आसमानपुरमा रहेको सुधार गृहमा आयोजना गरिएको नव चेतना शिविरको समापनको अवसरमा मंगलबार वृक्षारोपण गरिएको हो । जिल्ला न्यायाधीश षडानन्द तिवारी, बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री, बाँके प्रहरी प्रवक्ता डीएसपी मधुसुधन न्यौपाने, जिल्ला हुलाक कार्यालय बाँकेका प्र्रमुख गोविन्दप्रसाद पाण्डे, आर्ट अफ लिभिङ नेपालगन्जका संयोजक संजय थापा, अधिवक्ता वसन्त गौतम, हरित अभियन्ता हेमन्तराज काफ्ले, बाल सुधार गृहका जग्गादाता जय किसन सिंहलगायतले वृक्षारोपण गरेका थिए ।


डिभिजन वन कार्यालय बाँके र हरित अभियन्ता काफ््लेले सितल चिनी, जामुनलगायतका विभिन्न थरीका ४५ वटा विरुवा सहयोग गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *