Sunday, April 19सत्यम खबर
Shadow

चिनियाँ नागरिकले संचालन गरेको कम्पनीमा प्रहरी छापा

काठमाण्डौ, २६ असार –प्रहरीले चिनियाँ नागरिकले चलाएको पोखराको ड्यामसाइटस्थित कम्पनीमा छापा मारेको छ । कम्पनीमार्फत् साइबर अपराधको उजूरी परेपछि कास्की प्रहरीले छापा मारेको हो ।

छापा मारेर प्रहरीले के के बरामद गर्यो खुलेको छैन । कम्पनीमा रहेका तीन जना चिनियाँ र ७५ जना नेपाली नागरिकलाई प्रहरीले अनुसन्धानको दायरामा ल्याएको छ ।

पछिल्लो समय नेपालमा बसेर चिनियाँ नागरिक साइबर अपराधमा संलग्न रहेको घटनाहरु बढेका छन् । २०७७ पौषमा १२२ जना चिनियाँ नागरिक उपत्यकाका विभिन्न स्थानबाट साइबर अपराधको अभियोगमा पक्राउ परेका थिए । चिनियाँ नागरिक नेपालीहरुलाई फकाई धन प्रलोभन पारी अपराधीक गतिविधि गर्दै आएका छ्न पक्राउ परेका ‘दुई चिनियाँको कागजपत्र देखिएको छैन, त्यसैले अध्यागमन कानून अनुसार पनि उनीहरु कारबाहीको भागीदार छन् ‘अन्यको हकमा पनि प्रहरीले अनुसन्धान गरिरहेको छ ।’ कार्यालयबाट ४७ लाख ९७ हजार रुपैयाँ पनि बरामद भएको छ, जसको उनीहरुले स्रोत खुलाउन सकेका छैनन् । कार्यालयमार्फत साइबर अपराध जोडिएका गतिविधि भइरहेको प्रहरीको आशंका छ ।

नेपालमा बसेर चिनियाँ नागरिकले साइबर अपराध र ठगीजन्य गतिविधि गरिरहेको सूचना प्रहरीलाई छ । नेपालस्थित चिनियाँ दूतावासले दिएको सूचनाको आधारमा प्रहरीले ७ पुस २०७७ मा काठमाडौं उपत्यकाबाट १२२ जना चिनियाँलाई पक्राउ गरेको थियो । नेपाल सरकारले चीन सरकारलाई पटक पटक ध्यानाकर्षण गराएको छ तर पनि चीनिया सरकार मौन छ । (हाम्रो पाना)

Leave a Reply

Your email address will not be published. Required fields are marked *