Tuesday, April 21सत्यम खबर
Shadow

प्रधान सेनापति र भारतीय राजदूतबीच भेटघाट

काठमाण्डौ, २६ असार –प्रधान सेनापति प्रभुराम शर्मा र नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवबीच जङ्गी अड्डामा भेटघाट भएको छ । शुक्रबार शर्मा र श्रीवास्तवबीच भएको हो ।

शर्माको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । यस किसिमको भेटघाटले दुई देशबीच रही आएको आपसी सम्बन्धलाई थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्‍वास नेपाली सेनाले लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *