Wednesday, April 22सत्यम खबर
Shadow

चीनमा महिलामाथि भएको ‘निर्मम’ आक्रमणबाट अत्याचारको खुलासा

काठमाण्डौ, १९ असार –केही दिनअघि चीनको उत्तरी हेवेइ प्रान्तको तान्गसान शहरमा पुरुषहरूको एक समूहले महिलाहरूमाथि निर्मम आक्रमण गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । घटनापछि प्रहरीले नौ जनालाई गरिफ्तारसमेत गरेको थियो ।

उक्त भिडियाले चीनमा महिलाहरुमाथि हुने गरेको हिंसा एवं अत्याचारको एक हिस्सालाई बाहिर ल्याएको छ । महिलामाथि क्रुर आक्रमण भएको भिडियोलाई लिएर सामाजिक सञ्जालमा विश्वले आक्रोश पोखेको थियो ।

यसभन्दा बढी चीनमा लैगिंक हिंसाको विषयलाई लिएर विश्व जगतमा बहसको विषयलाई उठान गरेको छ । एउटा रेस्टुरेन्टमा बिहानको करिब ३ बजेतिर उक्त घटना भएको थियो ।

आफ्नो ढाडमा हात राख्ने एकजना पुरुषलाई एक महिलाले पर घचेटेपछि सुरु भएको आक्रमणमा पुरुषले महिलामाथि निर्मम कुटपीट गरेको भिडियोमा देख्न सकिन्छ ।

सुरुमा महिलासँ निहुँ खोज्ने ती पुरुषले कुटपिट गरेर अन्य पुरुषहरूले ती महिलालाई रेस्टुरेन्ट बाहिर लगेर भुईँमा लडाए देखिन्छ । ती पुरुषहरूले पीडित महिलाका अन्य साथीहरू माथि पनि कुटपीट गरेको भिडियोमा देख्न सकिन्छ ।

यस घटनामा घाइते दुई महिला अस्पतालमा भर्ना गरिएका थिए । उनीहरूको स्थिति खतरामुक्त थियो ।

माओ त्से तुङले एकपटक ‘महिलाले आधा आकाश समात्छन्’ भनेर प्रख्यात रूपमा भनेका थिए । तर दशकौंपछि उनको महिला समानताको घोषणाले कुनै पनि आकार वा रूपमा फल दिन सकेको छैन।

आज महिलाहरुले कार्यस्थल, राजनीति र घरमा भेदभावको सामना गरेका छन् भने, नारीवादी आन्दोलनहरू कुल्चिइएका छन्। महिला संरक्षणका लागि कानुनलाई सुदृढ गर्ने र सजायको दायरा बढाउने कुरा अघि बढ्न सकेको छैन ।

त्यहाँ महिलाअधिकारकर्मीहरुमाथि बल प्रयोग हुने गरेको छ भने मीटू जस्ता अभियानहरु दमनमा परेका छन् ।

विश्वकै टेनिस स्टार पेङ शुआइले एक शीर्ष चिनियाँ नेतालाई यौन दुर्व्यवहारको आरोप लगाएपछि उनी सार्वजनिक दृष्टिकोणबाट हप्तौं बेपत्ता भएकी थिइन् । उनको पोस्ट पनि सेयर गरेको केही मिनेटमै डिलिट भएको थियो ।

यस वर्षको शुरुमा राष्ट्रपति सी चिनफिङको नेतृत्वमा बेइजिङले स्ट्याम्प आउट गर्न आफ्नो प्रयासलाई तीव्रता दिएको थियो । जसमा सामाजिक सञ्जालमा नारीवादी आवाज उठाउने दर्जनौं खाताहरू अकाउन्ट बन्द गरिएको थियो । चीनमा महिला हिंसाका घटना बढ्दाे छन् भने ती घटनाहरु कुल्चिने गरेको आरोप चीन सरकारमाथि छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *