Friday, April 24सत्यम खबर
Shadow

नेपाली राजदूतसँगको भेटमा अमेरिकी राष्ट्रपतिले भने, ‘नेपाल हाम्रो भरपर्दो मित्र’

काठमाण्डौ, १३ असार –अमेरिकी राष्ट्रपति जो बाइडेनले नेपाल आफूहरुको भरपर्दो मित्र रहेको बताएका छन् । अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्रीसँगको भेटमा राष्ट्रपति बाइडेनले नेपाल आफ्नो देशको भरपर्दो मित्र रहेको बताएका हुन् । ह्वाइट हाउसमा नेपाली राजदूत खत्रीले राष्ट्रपति बाइडेनसँग सहज भेट गरेका थिए ।

यो सहज भेटमा पत्रकार विनोद त्रिपाठीले लेखेका छन्, बहुदल आएपछि नेपालका प्रमुख वा प्रधानमन्त्री कसैले पनि यति सहजरूपमा यो अवसर पाएका थिएनन् । अझ राजदूतले भेट्नु त परैको कुरा । प्रदीप ज्ञवालीले एकपटक मात्र ५ सेकेन्डको लागि फोटो मात्र खिचाउन पाएका थिए । तर अहिले शेर बहादुर देउवा सरकारको पालामा नेपाली राजदुतले सहजै भेट, भलाकुसारी गर्न पाएका छन ।

पहिले-पहिले राजाको पालामा अमेरिकाले नेपाललाई यस्तै प्राथमिकता दिएका उदाहरणहरु छन् र’ उनले अगाडि लेखेका छन्,बिश्वका शक्ति राष्ट्रले कम्युनिस्ट मुलुक र कम्युनिस्ट सरकारको प्रतिनिधिलाई बिश्वास गर्दैनन् । त्यसैले अहिले देउवाको नेतृत्व सरकार आएपछि बिश्वका अधिकांश शक्ति राष्ट्र नेपालसंग हातेमालो गर्न चाहन्छन्।’

जे भएपनि प्रधानमन्त्री शेरबहादुर देउवाले ४ दशकपछि नेपाललाई अन्तर्राष्ट्रिय सम्बन्धमा पुरानै दरिलो र बलियो खम्बाका रुपमा चिनाउन सफल भएको उनको निष्कर्ष छ ।

‘एउटा सार्वभौम मुलुकको प्रधानमन्त्रीले गर्ने भनेको आफ्नो मुलुकको पहिचान र पहुँचलाई सबै राष्ट्रसंग जोड्नु महत्त्वपूर्ण काम हो,’ उनले भनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *