Friday, April 24सत्यम खबर
Shadow

नेपाल शिवसेनाको जिल्ला अध्यक्षमा शर्मा तथा उपमहानगर अध्यक्षमा केसी चयन

नेपालगन्ज, ११ असार – नेपाल शिवसेनाको जिल्ला कमिटि तथा उपमहानगर कमिटि गठन गरिएकाे छ । मदनराज शर्माकाे नेतृत्वमा ३१ सदस्यीय जिल्ला कमिटि गठन गरिएकाे छ भने सुनिल केसीकाे नेतृत्वमा उपमहानगर कमिटि चयन गरिएकाे छ ।

नेपाल शिवसेना बाँकेको आज शनिबार सम्पन्न केन्द्रिय भेलामार्फत जिल्ला कमिटि तथा उपमहानगर कमिटि चयन गरिएकाे हाे ।

नेपालगन्ज उपमहानगरपालिकाको २३ वटै वडामा नेपाल शिवसेनाको समिति गठन गरी नगर अध्यक्षको समन्वयमा नगर समिति गठन गरिने केसीले बताएका छन् । आफ्नो हिन्दु धर्म के हो, हिन्दु धर्म कसरी रक्षा गर्ने, हिन्दु धर्म छ र त हामी छोै अनि हिन्दुराज्य भनेर चिनिने नेपाल छ तर यहाँ हिन्दु धर्म हराउँदै गएको छ । अब हिन्दु धर्मको विषयमा हरेकको घर घरमा हिन्दु धर्मको पहिचान झल्काउने काम गरि पुन: हिन्दु धर्मका लागि सधैं लागि पर्ने नगर अध्यक्ष केसी बताउनु भएको छ ।

यसैगरी नेपाल शिवसेना बाँकेको अध्यक्षमा चयन भएका मदनराज शर्माले यत्रतत्र फैलिएर रहेका हिन्दु समाजलाई एकात्रित गर्न हामी अगाडि आउँनु पर्ने छ, हालसम्म हिन्दुकाे नाममा धेरै राजनीतिक दलका नेताहरूले फाईदा लिंदै आएकाे हुँदा अबदेखि हिन्दुवादी नेतालाई मात्र चयन गर्न सम्पुर्ण सनातनीहरूमा अनुराेध गरेकाे बताउनुभयाे ।

दिवाकर शर्मा खनालकाे प्रमुख आत्थियमा सम्पन्न भेलामा केन्द्रीय अध्यक्ष राजकुमार राैनियार, उपाध्यक्ष किशाेर लामा, अध्यात्म गुरु श्यामराज शर्मा, धार्मिक तथा सामाजिक अगुवा डा. पिताम्बर सुवेदी, बेदप्रकाश जयसवाल, प्रदीप ठाकुरलगायतले आ-आफ्नाे मन्तब्य राखेका थिए ।

नेपाल शिवसेनाका शेरबहादुर शाहीकाे स्वागत मन्तब्यबाट शुरू कार्यक्रमकाे सञ्चालन महासचिव मंगल जिएमले गरेका थिए । कार्यक्रममा ५ दर्जन बढीकाे सहभागिता रहेकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *