
नेपालगन्ज, ५ असार – बाँकेको नेपालगन्जमा भारतको महाराष्ट्र राज्यको नासिक शहरका साहित्यकार डा.राजेन्द्र खटाटे, श्रीमती मनिषा खटाटे र नेपाल भारत मैत्री संघ नेपालको वरिष्ठ उपाध्यक्ष तथा साहित्यकार सुष्मा शर्मालाई शुक्रवार एक कार्यक्रमका बीच सम्मान गरिएको छ ।
भेरी साहित्य समाज केन्द्रिय समिति नेपालगन्ज बाँके काव्य विभागद्वारा आयोजना गरिएको काव्य बिभागका संयोजक तथा साहित्यकार मिना बरालको अध्यक्षतामा कथाकार सनतकुमार रेग्मीको प्रमुख आतिथ्यिमा साहित्यिक विमर्श तथा सम्मान कार्यक्रम सम्पन्न भएको थियो ।

भेरी साहित्य समाज केन्द्रिय समिति नेपालगन्जका महासचिव लेकप्रसाद प्याकुरेलद्वारा सञ्चालित कार्यक्रममा उपाध्यक्ष चरित्रा शाहले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । भेरी साहित्य समाज केन्द्रिय समिति नेपालगन्जका अध्यक्ष तथा प्राज्ञ सदस्य हरिप्रसाद तिमिल्सिनाले तीनै जना सम्मानित व्यक्तित्वको सम्मान–पत्र सो कार्यक्रममा पढेर सुनाउनु भएको थियो ।

सो कार्यक्रममा लेखक तथा साहित्यकार नरेन्द्रजङ्ग पिटर,डा. इन्द्रबहादुर भण्डारी (इन्द्रणी ), भेरी साहित्य समाज केन्द्रिय समितिका अध्यक्ष तथा प्राज्ञ सदस्य हरिप्रसाद तिमिल्सिना, शिक्षाविद् तथा साहित्यकार किरण आचार्य, अवधी साँस्कृतिक प्रतिष्ठानका अध्यक्ष बिष्णुलाल कुम्हार, नेपाल भारत मैत्री संघ नेपालका वरिष्ठ उपाध्यक्ष तथा साहित्यकार सुष्मा शर्मा, सम्मानित व्यक्तित्व डा.राजेन्द्र खटाटे, श्रीमती मनिषा खटाटेले आ–आफना बिचार राखेका थिए ।

यसरी सो कार्यक्रममा कल्पना फाउण्डेशनका अध्यक्ष कल्पना पौडेल “जिज्ञासु”, प्रकाश गिरी, पूर्णतारा फाउण्डेशनका अध्यक्ष तारा खत्री (रोकाय), नवराज भट्ट, इन्दिरा गौतम, बालकृष्ण शर्मा (रेग्मी), प्रियंका बैश्य, फणिन्द्र आचार्य, पुष्पमणि प्रधान, पत्रकार निरू जोशी र पवन जायसवाललगायत केन्द्रिय समितिका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

