Saturday, April 18सत्यम खबर
Shadow

भारतको सहयोगमा श्री पूर्णेश्वर माविको भवन उद्घाटन

काठमाण्डौ, २६ जेष्ठ – पर्वतको श्री पूर्णेश्वर माध्यमिक विद्यालयको कम्युटर भवनको उद्घाटन भएको छ । कुश्मा नगरपालिका–१० पिपलटारमा अवस्थित विद्यालयका लागि निर्माण गरिएको कम्प्युटर भवनको आज भारतीय राजदूतावासका प्रथम सचिव करुण वंशलले उद्घाटन गरेका हुन् ।

१ करोड ७५ लाख रुपैयाँ लागतमा भवन निर्माण गरिएको हो । सामुदायिक विकास परियोजनाका रुपमा शिक्षा क्षेत्रमा भारत–नेपाल विकास सहकार्य अन्तर्गतको परियोजना भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको “आजादीका अमृत महोत्सव” अन्तर्गत यस वर्ष नेपालमा उद्घाटन गरिने ७५ वटा परियोजनाहरु मध्येको एक हो ।

श्री पूर्णेश्वर माध्यमिक विद्यालय पर्वत जिल्लाकै एक पुरानो विद्यालय हो । विद्यालयमा २५० भन्दा बढी विद्यार्थीहरु अध्ययनरत छन् जसमध्ये करिब ६० प्रतिशत छात्रा रहेका छन् । भारत सरकारको सहयोगमा यस विद्यालयका लागि विशेषतः कम्प्युटर प्रविधिका लागि निर्माण गरिएको यस नयाँ पूर्वाधारले गुणस्तरिय शिक्षाको खोजीमा रहेका विद्यार्थीहरुका लागि सुविधा प्रदान गर्ने जनाइएको छ ।

४। सन् २००३ यता भारतले नेपालमा ५२७ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाइसकेको छ र नेपालका सबै सातै प्रदेशमा विशेष गरी तल्लो तहमा स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटी, सरसफाई र अन्य सार्वजनिक संरचनाको निर्माणका क्षेत्रमा ४७० वटा परियोजनाहरुको निर्माण सम्पन्न गरिसकेको छ । यसमध्ये पर्वत जिल्लाका दुई परियोजनासहित ५७ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु गण्डकी प्रदेशमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *