Monday, April 20सत्यम खबर
Shadow

सहभागितामुलक योजना तर्जुमा गर्नुपर्ने माग

डुडुवा, २५ जेष्ठ – बाँके डुडुवा गाउँपालिकाको वडा नम्बर ३ मा जनगुनासो निवारण बिषयक सामुदायिक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

गाउँपालिकाको साझेदारीमा बासद्धरा सञ्चालित नागरिक सहायता कक्ष कार्यक्रम अन्तर्गत सो अन्तरक्रिया बुधबार सम्पन्न भएको हो ।
वडाका नागरिकहरु र जनप्रतिनिधिबिच भएको अन्तरक्रिया कार्यक्रमका सहभागिहरुले विगतमा वडा तथा गाउँपालिकाबाट सञ्चालन हुने कार्यक्रम तथा योजनाहरुको वारेमा आम नागरिकहरुलाई जानकारी नहुने गरेको गुनासो गरेका थिए ।

योजना तर्जुमा गर्दा नागरिकहरुको सहभागिता बिना हुने गरेको बताउँदै आगामी दिनमा सहभागितामुलक योजना तर्जुमा गर्नुपर्ने सहभागिले माग गरेका थिए । सहभागिहरुले वडा भित्रका बिभिन्न क्षेत्र तथा बस्तिहरुमा बाटो तथा सडक निर्माणमा गाउँपालिका र वडाको ध्यान जानुपर्ने, सिप विकास तथा आय आर्जनमुलक तालिम सञ्चालन गनुपर्ने लगायतका सुझाव दिएका थिए ।

कार्यक्रममा वडा नम्बर ३ का वडा अध्यक्ष अमोद प्रसाद तिवारीले विगतको अनुभवको आधारमा नागरिकको सुझावको आधारमा वडा कार्यालयको योजना बनाउने र जनतालाई अनुभुति हुने गरी कार्य गर्ने बताएका थिए । सहभागिहरुले राखेका विषयलाई सम्बोधन गर्दै तिवारीले नागरिकहरुको समस्यामा आधारित रहेर जनताको माग अनुसारको आगामी योजना तर्जुमा गर्ने प्रतिबद्धता गरेका थिए ।

बासका केन्द्रीय उपाध्यक्ष शिवकुमार वर्माले सहजिककरण गरेको कार्यक्रममा कार्यक्रम संयोजक मन भण्डारीले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए । कार्यक्रममा वडा सदस्यहरु, वडाका कर्मचारीहरु, नागरिक सहायता कक्ष सुपरभाइजर अन्नपुर्णा मिश्र, सहजकर्ता सर्फुद्धि खाँ र बिभिन्न समुदायका नागरिक लगायत ६० जनाको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *