Tuesday, April 21सत्यम खबर
Shadow

वडाध्यक्ष राई शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना

जानकी, २३ जेष्ठ – बाँकेको जानकी गाउँपालिका वडा नं १ बाट नवनिर्वाचित वडा अध्यक्ष मोहम्मद रजा राईको स्वास्थ अवस्था बिग्रिंदा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौंमा भर्ना गरिएका छन् ।

जानकी वडा नं. १ का वडाध्यक्ष राईको स्वास्थ्यमा गडबडी भएपछि जेष्ठ २१ गते भेरी अञ्चल अस्पताल नेपालगन्जमामा भर्ना गरिएकाे थियाे । तर स्वास्थ्यमा सुधार नभएको हुँदा उनलाई २२ गते बिहान करिब ८ बजे काठमाण्डौ रिफर गरि पठाईएकाे थियाे । उनकाे उपचारमा खटिएका डाक्टरको अनुसार राईको नस ब्लक भएको हुँदा उनलाई शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र रिफर गरिएकाे बताए ।

उनका परिवारकाे भनाई अनुसार शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाण्डाै रिफर भई आएदेखि भर्ना मात्र गरिएकाे छ तर उनकाे उपचारमा डाक्टरहरूले लापरवाही गरिरहेकाे आराेप लगाए ।

यतातिर वडाध्यक्ष राई वडा कार्यालयमा नभएपछि वडाबासीहरूकाे कामकाज राेकिएकाे छ । एक जना सेवाग्राही आफ्नाे छाेराेकाे नागरिकता सिफारिसका लागि वडा कार्यालय पुग्दा अध्यक्ष नभएपछि फर्केकाे बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *