
नेपालगन्ज, २२ जेष्ठ – नेपालगन्ज शान्तिनगर स्थित ब्रिटिस ईंग्लिश बोर्डिङ स्कुलको ईको कलबले वातावरण दिवसको शुभ अवसरमा सितलचिनी, निम, जामुन, अमलतासको बिरुवा लगाईएको छ । ईको क्लबका अध्यक्षमा रमेश ओलीले वातावरण दिवसको बारेमा जानकारी दिएका थिए ।

वातावरण दिवस किन मनाईन्छ त भनेर विद्यार्थीहरुलाई प्रधानाध्यापक हेमन्तराज काफ्लेले जानकारी दिए । उनले विद्यार्थीहरुलाई रुख बिरुवा, चराचुरुङ्गी, सर्प, जनावर, किरा फटयांग्रोहरु एक आपसमा अन्तर सम्बन्ध भएका र सबै वातावरण स्वच्छ भए मात्र सहज बाँच्ने भएकाले हामीले वातावरण जोगाउन रुख बिरुवा लगाउनु पर्छ, रुखको महत्त्वको बारेमा जानकारी दिएका थिएका थिए ।

बिद्यार्थीहरु निकै उत्साहित भएर बिरुवाहरु लगाएका थिए । वातावरण दिवस मनाउन पाएकोमा निकै खुसी लागेको छ भनेर कक्षा नौ कि छात्रा सबिता शाहीले भनिन ।

