
सकिल अहमद राई
जानकी, ११ जेष्ठ – बाँकेको जानकी गाउँपालिका वडा नं. २ का नवनिर्वाचित वडा अध्यक्ष र सदस्यहरुले आफ्नो कार्यभारको पदभार ग्रहण गर्नु भएको छ । पदभार ग्रहण गर्नु पहिला वडाका कर्मचारीले उहाँहरुलाई स्वागत गर्नु भएको थियो ।
पदभार ग्रहण गर्दै वडा अध्यक्ष चन्द्रिकाप्रसाद गुप्ताले जनतालाई सेवा दिँदा कसैलाई पनि भेदभाव नगर्ने बताउनु भयो । उहाँले आफु नागरिक सेवाका लागि वडा अध्यक्षको चुनावी प्रतिस्पर्धामा गरेको र वडाबासीले विश्वासी गरी आफ्नो समूहलाई विजयी बताएको बताउँदै अब वडाबासीको भूमिका सकियो आफुहरुले वडाबासीको सेवा गर्ने दिनको सुरुवात भएको बताउनु भयो ।
वड नं. २ का समस्या र जनतासँग जनप्रतिनिधि हुनु पहिला पनि सेवागर्दै आउनु भएको वडा अध्यक्ष गुप्ता जानकीमा उदारणीय वडाको रुपमा वडा नं. २ लाई कसरी स्थापित गर्न सकिन्छ सबै वडाबासीको सहयोगको अपेक्षा गर्नु भएको छ ।
