
सकिल अहमद राई
जानकी, ४ जेष्ठ – बाँकेको जानकी गाउँपालिका -३ का जनता समाजवादी पार्टीका वडाअध्यक्ष पदका उम्मेदवार राजकुमार कुर्मी पुरै प्यानलसहित विजयी भएका छन् ।
स्थानीय तह निर्वाचनमा जसपाबाट वडा नम्बर ३ को उम्मेदवार बनेका राजकुमार कुर्मीले १ हजार ७२ मत ल्याई वडा अध्यक्षसहित पुरै प्यानल विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका विन्देश्वरी वर्माले ९ सय ३३ मत ल्याइ पछ्याइ रहेका थिए । नेपाली काँग्रेसका उम्मेदवार वर्माले १ सय ३९ मतले पराजित भएका हुन ।
यसैगरी जसपाबाट सदस्य पदका उम्मेदवार बनेका उमेश कुर्मी १ हजार १ सय २१ मत, हुसेनी अहिर १ हजार ६६ मत, महिला सदस्य निलम सिंह ठकुरानी १ हजार ८१ मत, दलित महिला सदस्य लक्ष्मी पासी १ हजार ९३ मत सहित प्यानल नै विजयी भएको हो ।
जानकीमा अहिलेसम्म जसपाले १ र ३ नम्बर वडा प्यानल सहित निर्वाचित भएकाे छ ।
