
नेपालगन्ज, ४ जेष्ठ – नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १७ मा नेपाली काँग्रेसका उम्मेदवार लक्ष्मणप्रसाद वर्मा निर्वाचित भएका छन् ।
लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का कंधई वढहीलाई पराजित गर्दै उनी निर्वाचित भएका हुन् ।
वर्माले ९०९ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्धन्द्धी लोसपाका वढईले ८२८ मत प्राप्त गरे ।
यस्तै जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार मोहनलाल दिवेदीले १०० र राप्रपा धरमराज यादव (अहिर) ले ६४ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यसअघि २०७४ को निर्वाचनमा नेकपा माओवादी केन्द्रका अजय पाठक निर्वाचित भएका थिए । यस पटक पनि उनी नेकपा एमालेका तर्फबाट उम्मेदवार भए पनि मुख्य निर्वाचन अधिकृतको कार्यालयले पाठकको उम्मेदवारी रद्ध गरिदिएको थियो । बैंकिङ कसुर मुद्दामा पाठकको उम्मेदवारी रद्ध गरिएको हो ।
