Tuesday, October 22सत्यम खबर
Shadow

डुडुवामा बिजयी सुरुवात गर्दै काँग्रेस

डुडुवा, १ जेष्ठ – बाँकेको डुडुवा गाउँपालिकामा काँग्रेसले विजयी सुरुवात गरेको छ । उसले डुडुवा–१ बाट विजयी सुरुवात गरेको हो ।

डुडुवा–१ मा काँग्रेसका पतेश्वरी कुर्मीको प्यानल नै विजयी भएको छ । उनले ८ सय ८२ मत ल्याएर विजयी भएकी हुन । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका कृष्णगोपाल यादवले ७ सय १ मत ल्याएका थिए ।

गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा पनि नेपाली काँग्रेसकाे अग्रता कायम रहेकाे छ । अध्यक्षमा काँग्रेसले ९६२, उपाध्यक्षमा ९३३ रहेको छ भने एमालेको अध्यक्षमा ८५०, उपाध्यक्षले ८२१ मत प्राप्त गरेका छन् । 

डुडुवा १ मा २६९५ मतदान भएको थियो भने १४४ मत बदर भएको थियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *