Tuesday, October 22सत्यम खबर
Shadow

उपमहानगरमा बिष्टकाे अग्रता कायम

नेपालगन्ज, १ जेष्ठ – नेपालगन्ज उपमहानगरपालिकामा नेपाली काँग्रेसका उम्मेदवार प्रशान्त विष्टले शुरूवातबाटै अग्रता लिंदै आईरहेका छन् । पछिल्लो मत गणना परिणाम अनुसार नगर प्रमुख पदका उम्मेदवार प्रशान्त विष्टले २ हजार ८ सय १२ मत प्राप्त गरी अग्रता लिएका छन् । 

यस्तै नेकपा एमालेका पशुपतिदयाल मिश्रले १ हजार ४ सय ११ र राप्रपाका नन्दलाल बैश्यले १ हजार ३ सय ४ मत प्राप्त गरेका छन् । पहिलो नम्बरमा रहेका विष्ट र दोस्रो नम्बरका मिश्रबीच १ हजार ४ सय १ मतको अन्तर रहेको छ ।

यसैगरी उपप्रमुखमा जनता समाजवादी पार्टी (जसपा)का कमरुद्धिन राईले १ हजार ८ सय ८३ मत ल्याएर अग्रता लिइरहेका छन् । यस्तै राप्रपाकी बिन्दु चर्तीमगरले १ हजार १ सय ३० र नेकपा एमालेकी शान्ति ढकालले ८ सय ९७ मत प्राप्त गरेकी छन् ।   

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार अहिलेसम्म वडा नम्बर २२ र २३ को मतगणना पुरै सकिएको छ । स्थानीय भेरी प्राविधिक शिक्षालयमा वडा नम्बर १, २, २० र २१ को मतगणना कार्य चलिरहेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *