Sunday, April 26सत्यम खबर
Shadow

शुक्रबारसम्म थपिए ९ सय २७ कोरोना संक्रमित, १२ जनाको मृत्यु

नेपालगन्ज, १३ भाद्र – शुक्रबारसम्म देशभर कोरोनाका ९ सय २७ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन् । यीसहित हालसम्म संक्रमित हुनेको संख्या ३६ हजार ४ सय ५६ पुगेको छ ।


विगत २४ घण्टामा १ सय ६९ जना कोरोनाबाट निको भई घर फर्किएको गौतमले बताए । २० हजार २ सय ४२ जना निको भएर घर फर्किसकेका छन् । आज मात्रै १० हजार २ सय २९ जनाको पिसिआर गरिएको छ। हालसम्म ६ लाख ५८ हजार १ सय १० जनाको पिसिआर गरिएको छ ।
कोरोना संक्रमणले शुक्रबार मात्र १२ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ८५ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *