Sunday, June 21सत्यम खबर
Shadow

नगरवासीले भोट दिएर जिताउनु हुनेमा म विश्वस्त छु– उपमेयरका उम्मेदवार मगर

नेपालगन्ज, २७ बैशाख – राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाबाट नेपालगन्ज उपमहानगरपालिकाको उपमेयरका प्रत्याशी बिन्दु चर्ती मगरले नेपालगन्ज नगरवासीले आफुलाई बिश्वास गर्ने बताउनु भएको छ ।
चुनावी प्रचारप्रसारको अन्तिम दिन मतदाताको घरदैलोमा पुगेकी चर्ती मगरले नेपालगन्ज नगरवासीले आफुलाई बिश्वास गरेर मत दिने बिश्वास ब्यक्त गर्नु भएको हो ।


पुष्प ब्यवसायी समेत रहनु भएकी बिन्दु चर्ती मगर नेपालगन्ज उपमहानगरपालिकाको उपमेयरमा मनोनयन दर्ता सँगै चर्चामा रहँदै आउनु भएको छ । नेपालगन्ज उपमहानगरपालिकाको मेयर डा.धवल शम्शेर राणा कै शैलीमा स्थानीयका बिच पुग्ने चर्ती मगरमा धवल कै छवि देखिने भन्दै नगरमा उनको चर्चा बढ्दै गएको थियो ।
महिला ब्यवसायी, पुष्प ब्यवसायी, नेपालगन्जका सकृय सबै जसो सामाजिक संघ संस्थामा समेत आवद्ध रहेको कारण पनि चर्ती मगरलाई नेपालगन्ज नगरबासीको लागी नौलो उम्मेदवार नभएको बुझाई स्थानीयको छ, जुन स्थानीयको बुझाई छ त्यो नै चर्तिको जितको लागी ठूलो उपलब्धि रहेको बताइँदै आएको छ ।
बैशाख ३० मा देशै भरी एकैसाथ हुने स्थानीय तह निर्वाचनको प्रचारप्रसारको आज अन्तिम दिन रहेको कारण पनि चर्ती मगर नगरबासीको कुनै दैलो नछुटोस भन्दै दिनभरी नै मतदाताको घरमा पुगेको बताउछिन् उपमेयरका उम्मेदवार बिन्दु चर्ती मगर ।
नगरवासीको दैलोमा पुग्दा मिल्ने स्नेह, साथ र सहयोग अनि उहाँले गरेको बिश्वासको कारण नतिजा आफ्नो पक्षमा रहनेमा बिश्वस्त रहेको बताउनु हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *