
जानकी, २५ बैशाख – जानकी गाउँपालिका १ नं. वडामा क्रिकेट खेल मैदान बनाउनका लागी आफु प्रतिबद्ध भएकाे जानकी गाउँपालिका वडा नं. १ का वडाअध्यक्ष तथा वर्तमान वडाअध्यक्ष उम्मेद्वार माेहम्मद रजा राईले बताएका छन् ।
बेरोजगारी अन्त गर्न रोजगारमुलक योजना अघि सार्नुका साथै यातायात व्यवस्थापन, अनाधिकृत रुपले कब्जा गरिएका सडक पेटि कब्जामुक्त बनाउने र रात्रीकालिन बजारको समेत व्यवस्थापन गर्ने प्रतिवद्धता जसपाबाट अध्यक्षका उम्मेदवार राईले व्यक्त गर्नु भएको छ ।
विभिन्न विकास निर्माणका योजना बनाउँदा जनतासँगै विज्ञहरुको पनि सल्लाह सुझाव लिएर मात्रै बनाउने उहाँको योजना छ । उहाँले आफुले गरेका प्रतिवद्धता पुरा गर्न नसके राजनितिक जिवनबाट सधैंका लागि सन्यास लिने पनि बताउनु भएको छ ।
यिनै एजेण्डा र योजनाका साथ आफु निर्वाचनमा उत्रिएको जनाउँदै राईले विजयी गराउन सम्पुर्ण गाउँवासीसँग हार्दिक अपिल पनि गर्नु भएको छ ।
उहाँले विगतमा आफू वडाअध्यक्ष हुँदा जनताको सेवामा दिनरात सुखदुखमा उभिनुका साथै विकास निर्माणमा टेवा पुर्याएकाे को दावी गर्दै यस पटक विजयी हुनेमा आशावादी रहेको राईको भनाई छ ।
उम्मेदवार राईले सामाजिक सञ्जाल मार्फत गर्नु भएका प्रतिवद्धतालाई स्थानीय जनताले सरकारात्मक रुपमा लिएको प्रतिक्रिया दिएको पनि जनता समाजवादी पार्टी बाँकेले जनाएको छ । जनता समाजवादी पार्टीको तर्फबाट जानकी १ नं को पुनः वडा अध्यक्ष पदका उम्मेद्वार मो. रजा राईले प्रस्तावित क्रिकेट मैदानको उचित व्यवस्थापन गरिने बताएका छन् ।
पछिल्लो समय खेलकुदमा युवाहरुको आकर्षण बढ्दै गएकोले जानकी १ मा रहेको क्रिकेट मैदानलाई यस क्षेत्र कै नमुनाका रुपमा विकास गरिने बताएका हुन् । क्रिकेट मैदानको विकास गरी खेलाडीहरुको मनोवल बढाउँदै खेलप्रति युवाहरुको आकर्षण बढाउने उनको भनाई थियो ।
यस्तै राईले जानकी गाउँपालिका वडा नं.१ मा रहेको टोलका जनताको पनि उचित व्यवस्था गर्ने बताएका हुन् । त्यसैगरी, राईले आफू जिते पछि बेरोजगार युवाहरुलाई वडाबाट योजना छुट्याए केही रकम दिने घोषणा गरेका छन् ।
