
नेपालगन्ज, २३ बैशाख – बैशाख ३० गते सम्पन्न हुन गईरहेको स्थानीय निर्वाचनमा बाँकेको जानकी गाउँपालिकामा नेकपा एमालेबाट प्रमुख पदका उम्मेदवार हिमान्सु यादवको घरदैलो अभियानले तिब्रता पाईरहेको छ ।
आज शुक्रबार जानकी गाउँपालिका वडा नं. ३ ईन्द्रपुरको विभिन्न टोलमा घरदैलो गर्ने अभियान बीच स्थानीय मतदाताहरुले विभिन्न नारा लगाउँदै पुरै टोल नै हिमान्सुमय बनेको थियो ।

यसपटक जसरी पनि हिमान्सु यादवलाई नै जानकीको नेतृत्व दिनु पर्ने धारणा जानकी गाउँपालिका वडा नं. ३ का स्थानीय मतदाताहरुले व्यक्त गरेका छन् । यसबीच सत्यमखबरको टीमले समेत प्रमुख पदका उम्मेदवार यादवसँग मतदाताहरु बीच रहेको समस्या तथा त्यसको समाधान कसरी गर्ने बारे चर्चा गरेको थियो ।
सत्यमखबरले राखेको प्रश्नमा सहज हुँदै प्रमुख पदका उम्मेदवार यादवले आफू विजयी भए सरकारीद्वारा पाउने सम्पूर्ण तलब भत्ता समेत जानकीबासीहरुको सेवामा समर्पित गर्नुका साथै केन्द्रबाट समेत बजेटको माग गरी बृहत विकासको लागि लक्ष्य प्राप्त गर्ने योजना रहेको बताउनु भएको थियो ।

