
जानकी, २३ बैशाख – जानकी गाउँपालिकामा नेपाली काँग्रेसबाट अध्यक्ष पदका उम्मेदवार छब्बन खाँको जित निश्चित भएको मतदाताहरुले बताएका छन् ।
यस पटकको निर्वाचनमा खाँले बहुमत ल्याएर विजयी बन्ने बताउनु भएको छ । गाउँपालिकाको सबै वडामा घरदैलो कार्यक्रममा हिड्नु भएका खाँले यसपटकको निर्वाचनमा जनताले काँग्रसलाई विश्वास गरेको बताउनु भयो ।

त्यस्तै नेपाली काँग्रेसबाट उपाध्यक्ष पदकी उम्मेदवार रामप्यारी यादवले पनि यसपटक काँग्रेसले जानकीवासीको सेवा गर्ने मौका पाउने बताउनु भयो । यादव जानकीको सुस्त विकासलाई तीव्र गतिमा लैजान जनताले कांग्रेसलाई जिताउने बताउनुभयो ।

घरदैलो कार्यक्रम अन्तर्गत आज शुक्रबार पनि काँग्रेस उम्मेदवारहरु दिनभर व्यस्त नै रहेका थिए । यसअघि जानकी गाउँपालिका वडा नम्बर १, २ मा घरदैलो गरीएकोमा आज वडा नम्बर ६ को कोठारपुर्वा, भाटनपुरलगायत स्थानमा घरदैलो सम्पन्न गरिएको छ ।

आज पालिका उम्मेदवारहरुले वडा नम्बर ६ का कोठारपुर, भाटनपुरलगायतका स्थानहरुमा घरदैलो गरेका छन् । प्रत्येक घरमा जनतासँग प्रत्यक्ष भेटेर उम्मेदवारहरुले भोेटका लागि अपिल गरिरहेका छन् ।
