Thursday, March 12सत्यम खबर
Shadow

घरदैलोमा व्यस्त नेकपा एमाले उम्मेदवार

नेपालगन्ज, १५ बैशाख – आसन्न बैशाख ३० गते हुने स्थानिय तह निर्वाचनका लागी राजनीतिक दलका नेताहरुमा चुनावी सरगर्मी सुरु भएका छन् । स्थानिय तहको निर्वाचन नजिकिंदै गर्दा यसका लागि चहलपहल समेत तिब्र रुपमा बढेको देखिन्छ । हरेक दलका प्रतिनिधी आ–आफ्नो पक्षमा माहोल बनाउन झन्डा र व्यानरसहित घरदैलोमा जुटिसकेका छन् ।
स्थानिय तहको निर्वाचनलाई लक्षित गरेर नेकपा एमाले नेपालगन्ज उपमहानगरपालिकाले पनि घरदैलोमा सक्रियता देखाएको छ । उपमहानगरपालिकाका मेयर पदका उम्मेदवार पशुपतिदयाल मिश्र नेपालगन्ज उपमेयर पदका उम्मेदवार शान्ति ढकाल घरदैलोमा व्यस्त देखिएका छन् ।


जनताको अपेक्षा र समस्या पहिल्याउन आफुहरु जनताको घरदैलोसम्म आईपुगेको मेयरका प्रत्यासी मिश्रले बताए । बिहीवार नेपालगन्ज उपमहानगरपालिका वडा नं ५ र ६ मा आफुहरुले नेकपा एमालेको प्रचारप्रसार सहितको घरदैलो कार्यक्रम गरेको बताउँदै मिश्रले नेपालगन्जलाई समृद्ध बनाउन र नेपालगन्जवासीलाई जागरुक गराउन पनि यो घरदैलो कर्यक्रम प्रभावकारी हुनेमा विश्वास व्यक्त गरेका छन् ।


जन अपेक्षा के हो भनेर बुझ्नलाई आफुहरु जनताको ढोका–ढोकामा पुगेको उपमेयरका प्रत्यासी ढकालले बताईन् । उनले भनिन्,–‘साच्चै नेपालगन्जमा बिकासको काम गर्न अझ धेरै बाँकी रहेछ । नेपालगन्जवासी अझै मर्का मै परेका छन् । नेपालगन्जमा एमालेको सरकार बनाउन सके नेपालगन्जवासीको सुखद् भबिष्य र नेपालगन्ज सुन्दर र समृद्ध नेपालगन्जको सुरुवात गर्न सकिन्छ ।’


आफुहरुलाई जनताले जिताएमा अबको ५ बर्ष निरन्तर जनताको सेवा र नेपालगन्जका २३ वटै वडाको बिकासका निमित्त काम गर्ने प्रतिबद्वता जाहेर गरिन् ।
त्यसैगरी, वडा नं. ६ का वडाअध्यक्ष उम्मेदवार समिरप्रताप सिंहले आफूले ५ वर्षमा स्वास्थ्यमा, शिक्षामा, कोरोनाकालमा राहत वितरणमा, वडामा स्वरोजगार सम्बन्धी तालिमलगायत धेरै काम गरिएको अवस्था छ तर पनि केही कमि कमजोरीले गर्दा अझ धेरै–धेरै काम गर्न नसकेको तथा उक्त कार्यलाई अझ सशक्त रुपमा गर्ने बचनका साथ पुनः वडाबासी माझ पुगेको छु । यसपटक मलाई पुनः अवसर दिनेमा आफू विश्वस्त रहेको सिंहले बताउनुभयो ।


घरदैलो कार्यक्रमा नेकपा एमालेका केन्द्रिय सदस्य मो. हारुन लगायत नेता तथा कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *