Thursday, April 23सत्यम खबर
Shadow

जसपाका ५० वढी कार्यक्रता काँग्रेसमा प्रबेश

डुडुवा, ११ बैशाख – बाँके डुडुवा गाउँपालिका वार्ड नं. ३ बनकट्टीका करिब ५० जना जनता समाजवादी पार्टीका कार्यक्रताहरु नेपाली काँग्रेसमा प्रबेश गरेका छन् । जसपाका नेताहरु सत्ता र स्वार्थमा मात्र केन्द्रीय रहेकाले जनताको विकासका लागि खासै ध्यान नदिएको भन्दै आफुहरुको हितका लागि काम गर्ने नेपाल कै ठुलो पार्टी नेपाली काँग्रेस मात्र भएकाले आफुहरु काँग्रेस पार्टीमा प्रबेश गरेको प्रतिक्रिया दिएका छन् ।


गत निर्वाचनमा जसपाबाट निर्वाचित डुडुवा गाउँपालिकाका वडा सदस्यद्धय फरिदा वेगम र लक्ष्मीकुमारी पासीसहित ५० जना सक्रिय कार्यक्रता पार्टी प्रबेश गरेका हुन । आज आईतबार एक कार्यक्रमका विच नेपाली काँग्रेस प्रदेश सभा (क) का सहसचिव समसुद्दिन खाँ, नेपाली काँगे्रस ३ नं. वडा सभापति छोटेलाल बर्मा र क्षेत्रीय प्रतिनिधी सहाबुद्दिन खाँले नव प्रबेशी कार्यक्रताहरुलाई अबिर लगाएर सदस्यता प्रदान गर्नुभएको थियो ।


पार्टी प्रबेश गर्नेहरुमा वडा सदस्यद्धय फरिदा वेगम र लक्ष्मीकुमारी पासी, शकील खान, कैलास काँदू, जमिल साई, बुधराम यादव, सुशीला यादव, अली हुसेन खाँ लगायत रहनु भएको छ ।
कार्यक्रममा प्रबेश गरेका कार्यक्रताहरु स्थानीय निर्वाचनमा नेपाली काँग्रेसको उम्मेदवारलाई विजयी गराउने प्रतिबद्धता गर्दै प्रचार प्रसारको अभियान समेत शुरु गरेको जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *