Wednesday, April 22सत्यम खबर
Shadow

मेयरका आकांक्षी नन्दलाल वैश्य माओवादी छोडेर राप्रपामा प्रवेश

नेपालगन्ज, ८ बैशाख – नेपालगन्ज उपमहानगरपालिकाको मेयरका आकांक्षी माओवादी पार्टीका बाँके जिल्ला सहसचिव तथा पूर्व अध्यक्ष नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्य राप्रपामा प्रवेश गरेका छन् ।


यस अगावै नेपालगन्ज उपमहानगरपालिकाबाट माओवादीबाट मेयरमा चुनाव लड्ने चर्चा चलिरहेको अवस्था भएपनि ५ दलिय गठबन्धन भएपछि काँग्रेसको कोटामा नेपालगन्ज उपमहानगरपालिका मेयर गएपछि वैश्य राप्रपामा प्रदेश गरेका छन् ।


सत्तारुढ ५ दलिय गठबन्धनले नेपालगन्ज उपमहानगरपालिकाको मेयर काँग्रेस र उपमेयर जसपालाई दिने गरी काठमाण्डौमा सहमति गरेपछि वैश्यले माओवादी केन्द्र छाडेका छन् । केही समय अगाडी एक कार्यक्रमबीच वैश्य राप्रपामा प्रवेश गरेका छन् । उनी गठबन्धन तोडेर भए पनि माओवादीले मेयरमा उम्मेदवारी दिनुपर्ने पक्षमा रहेका थिए ।


राप्रपाका सहायक महामन्त्री ऋषिराज देवकोटाका अनुसार, वैश्य राप्रपाका तर्फबाट नेपालगन्ज उपमहानगरपालिकाको मेयर पदमा चुनाव लड्ने सम्भावना रहेको बताउँछन् । ‘उहाँ पार्टी प्रवेश गर्नुभएको छ । अब पार्टीले आवश्यकता अनुसार जिम्मेवारी दिनेछ,’ देवकोटाले भने, ‘मेयरमा पनि उठाउन सक्छन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *