
नेपालगन्ज, ८ बैशाख – नेपालगन्जमा सिटिजन्स बैंक इन्टरनेशनल नेपालगन्ज शाखाले १५ औं वार्षिकोत्सवको अवसरमा बुधबार ३८ जनाद्वारा रक्तदान गरिएको छ ।

सो वार्षिकोत्सवको अवसरमा गरिएको रक्तदान कार्यक्रममा सिटिजन्स बैंक इन्टरनेशनल कोहलपुर शाखाका प्रबन्धक बिनोद कुँवर, सिटिजन्स बैंक इन्टरनेशनल बढैयाताल मैनापोखर शाखाका प्रबन्धक दिनेशकुमार ढुंगाना, सुदिपकुमार मल्ल, सन्दिपकुमार श्रेष्ठ, प्रतिमा थापा, दिल्लु चौधरी, सुवोध आचार्य, गणेश खनाल, सञ्जिवकुमार थारु, जीवन खडका, दिपक पौडेल, हृदयजंग शाही, सोमराज भण्डारी, शवन मिश्रा, श्रीराम थारु, तुलाराम बलामी मगर, सुरेश खटिक, बीरेन्द्रबहादुर, तेजेश्वर चौधरी, आशुतोष गौतम, शिवराज वर्मा, जितबहादुर बुढा, प्रदिप ओली, गोबिन्दप्रसाद गुप्ता, दुर्गेशप्रसाद धोबी, बिकाश चन्द, दिपेन्द्र केसी, शंकर पौडेल, लक्षमण, शंकर केसी, पदमबहादुर ओली, भरतकुमार जैसी, बलीराम जैसी, प्रतिक श्रेष्ठ, कमलबहादुर शाही, नन्दकिशोर वर्मा, मदनप्रसाद शर्मा, सुनिल ओली लगायत ३८ जनाले रक्तदान गरेका थिए । सिटिजन्स बैंक इन्टरनेशनल नेपालगन्ज शाखाका प्रबन्धक गोबिन्द देव पन्त बताउनु भएको छ ।
यसरी १५ औं वार्षिकोत्सवको अवसरमा प्रभातफेरी पनि गरिएको थियो । धम्बोझी चौक, पुष्पलाल चौक, सेतु बिक चौक, भानभक्त चौक भएर घरवारीटोल ह“ुदै पुनः प्रभातफेरी, सिटिजन्स बैंक इन्टरनेशनल नेपालगन्ज शाखामा समापन गरिएको थियो । नेपाल भरी रहेका सम्पूर्ण शाखाहरुले विभिन्न किसिमका कार्यक्रम गरी १५ औं वार्षिकोत्सव मनाएको सिटिजन्स बैंक इन्टरनेशनलका क्षेत्रीय प्रबन्धक धिरजराज जोशीले बताएका छन् ।

रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा सञ्चालित प्रादेशिक रक्त सञ्चार सेवा केन्द्र नेपालगन्जका होमराज गिरी, सुनिल रत्गैया, सुनिल थापा, बैकुण्ठ रेग्मी, केशरसिंह डाँगी लगायतले प्राविधिकमा सहयोग गरेका थिए ।

