Wednesday, June 3सत्यम खबर
Shadow

नेपाल र अर्जेन्टिनाबिच मैत्रीपूर्ण फुटबल खेलाउने सहमती

काठमाण्डौ, ३० चैत्र – युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) र नेपालका लागि अर्जेन्टिनाका राजदुत डा. ह्युगो जाभियर गोवी बिच शिष्टाचार भेटवार्ता भएको छ ।
राष्ट्रपति समक्ष ओहदाको प्रमाणपत्र बुझाउन नेपाल आउनुभएका राजदुत गोवीले मंगलबार सिंहदरबार स्थिति युवा तथा खेलकुद मन्त्रालय पुगेर मन्त्री अथकसँग भेटवार्ता गर्नुभएको हो ।


भेटका क्रममा मन्त्री अथक र राजदुत गोवीबिच दुई देशबिचको पारस्परीक सम्बन्ध तथा खेल क्षेत्रको समग्र विकासका बारेमा छलफल भएको थियो । भेटकै क्रममा मन्त्री अथकले नेपाल र अर्जेन्टिनाविच मैत्रीपूर्ण फुटबल खेललागि गर्नुभएको प्रस्तावमाथी राजदुत गोवीले सहमती जनाउनु भएको छ ।
दुई देश बीच हुने मैत्रीपुर्ण खेलबाट दुई देशको सम्बन्ध अझैं प्रगाढ हुने आशा ब्यक्त गर्दै मन्त्री अथकले राजदुत गोवी मार्फत अर्जेन्टिनाका फुटबल खेलाडीलाई नेपाल भ्रमणको निम्ता समेत दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *