
शुभम शर्मा/नेपालगन्ज, २६ चैत्र – विद्युत कर्मचारीको चरम लापरवाहीले गर्दा जानकी गाउँ पालिका वडा नं. २ बनकट्वा बस्ने नागेश यादवको मृत्यु भएकाे छ ।
विगत केही दिन अगाडीदेखि जानकी गाउँपालिका विधुत लाईन विस्तार गर्ने कार्य जारी रहेकाे छ । साेहीकाे जिम्मा ठेकेदारमार्फत मृतक नागेश यादव र रमेश यादवले गरिरहेकाे अवस्था माथि तार तन्ने बेलामा विधुत कर्मचारिकाे चरम लावरवाहीले गर्दा विधुत सप्लाई चालू भई मृत्युवरण गर्नु परेकाे स्थानियहरूकाे भनाई रहेकाे छ ।
स्थानियहरूकाे सहयाेगमा नेपालगन्ज नर्सिङ्गहाेम पुर्याईएका मृतक नागेश यादव र उपचारमा रहेका रमेश यादवका आफ्न्तहरूले विधुत कर्मचारीकाे चरम लापरवाहीप्रति अस्पताल भित्रै नारा लगाएका थिए ।
हाल करेन्ट लागेर घाईते रहेका रमेश यादवकाे अवस्था चिन्ताजनक रहेकाे स्थानियहरूले बताएका छन् ।
