
सपना पौडेल
गढवा, २४ चैत्र – गढवा गाउँपालिका वडा नं. ७ मा युवाहरुको लागि तिन दिने आधारभुत पत्रकारिता तालिम सम्पन्न भएको छ ।
गढवा गाउँपालिका वडा नं. ७ को सहयोगमा सामुदायिक रेडियो साझा आवाज ८८.३ मेगाहर्जको आयोजनामा रेडियो साझा आवाजका का.व. अध्यक्ष लेखबहादुर थापा र गढवा गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष राहुलदेव चौधरीको प्रमुख आथित्यमा वडाको गतिबिधिलाई तथा शुसासन कायम गर्न खबरदारी गर्ने उद्देश्यले वडा स्तरिय तिन दिने आधारभुत पत्रकारिता तालिम सम्पन्न भएको हो ।
तालिम समापन कार्यक्रमलाइ सम्बोधन गर्दै गढवा गाउँपालिका वडा नं. ७ का अध्यक्ष तथा प्रमुख अथिति राहुल देव चौधरीले सत्य, तथ्य तथा बिश्वास्निय रुपले असल पत्रकार बनेर समाजको नकारात्मक कार्यलाइ निरुत्साहित गर्न सहभागिलाइ सुझाव दिनु भयो । वडाको प्रत्येक टोलमा एक/एक जना व्यवसायिक पत्रकार उत्पादन गर्ने उद्देश्यले आयोजित तालिममा “देखेको र सुनेको कुराहरुलाई मात्र समाचार बनाउनु हुँदैन ।”
उहाँले भन्नुभयो, “विषय वस्तुको गहिराइसम्म पुगेर तथ्यपरक ढङ्गबाट समाचार सम्प्रेषण गर्नुस् । तपाईहरुलाई सधै पूर्ण साथ र सहयोग हुनेछ ।”
त्यसै गरि कार्यक्रमका बिशिस्ट अथिति तथा प्रसिक्षक केपि घिमिरेले गाउँठाउँमा बसोवास गर्ने हरेक नागरिकको समस्यालाई पत्रकारिताको माध्यमबाट सम्बन्धित निकायमा पु¥याउने उद्देश्यले तालिमको आयोजना गरिएको बताउनुभयो । “हामीले एक वडा टोल, एक पत्रकार उत्पादन गर्ने लक्ष्य लिएका छौं ।”
उहाँले भन्नुभयो, “सहभागी प्रशिक्षार्थीलाई आ–आफ्नो क्षेत्रमा हुने गतिविधिलाई समाचार बनाउन सक्ने बनाएर सम्प्रेशन गर्ने सञ्चारमाध्यमको व्यवस्था पनि गरिएको छ ।
समापन कार्यक्रमलाइ सम्बोधन गर्दै रेडियो साझा आवाजका उपाध्यक्ष कपिल देव खनालले पत्रकारिता मार्फत समाजमा रहेका कुरिति कुसंस्कार र गैर कानुनि क्रीयाकलापलाई बाहिर ल्याउने बताउँदै पत्रकारहरु सधै अध्ययन्शिल र चनाखो हुनुपर्ने बताउनु भयो ।
त्यसै गरि अर्का अथिति गढवा उद्धोग बाणिज्य संघका उपाध्यक्ष ओम प्रकाश बस्सेलले पत्रकारिताको तालिम गराएर वडाले शुशासन कायम गर्ने कदम अगाडि बढाएको र यस प्रकार्को तालिम सबै वडाले आयोजना गर्नु पर्ने बिचार राख्नु भयो । उहाँले बोल्ने कलाको बिकाशको लागि उद्धोसण तालिमको आयोजना गर्न माग गर्नु भयो ।
त्यसै गरि समापन कार्यक्रमलाई सम्बोधन गर्दै देउखुरी सामुदायिक पुस्तकालयकी अध्यक्ष ओभा पाठकले आधारभुत पत्रकारिता तालिमले पत्रकार जगतमा प्रबेश गर्ने पहिलो खुड्किलो भएको बताउनु भयो । उहाँले तालिम लिइसकेपछि व्यबहारमा उतार्न पनि सबै सहभागिलाई अनुरोध गर्नु भयो भने वडा नं. ७ का सदस्य फागुराम चौधरीले आउने दिनमा पत्रकारिताको एड्भान्स तालिमको आयोजना गर्ने बताउनु भयो ।
तालिमले पत्रकारिता पेशा प्रती जिम्मेवार बन्न, आफुहरुले महत्वपूर्ण सिकाई प्राप्त गरेको र समग्रमा तालिम उपलब्धि मुलक रहेको सहभागी सिता कुमारी चौवेले बताइन । ३ दिने आधारभुत तालिम पश्चात् तालिमको औपचारिक समापन समारोहमा बोल्दै महिला उद्धमी तथा रेडियो साझा आवाजका प्रबन्धक तथा तालिमका प्रशिक्षक दुखहरण यादवले सहभागीले आफुले तयार पारेका प्रकाशन तथा प्रशारण सामग्रीलाई मिडियामा प्राथमिकताको साथ स्थान दिइने प्रतिबद्धता जनाउनु भयो ।
तालिम समापन गर्दै रेडियो साझा आवाजका लेखबहादुर थापाले गढवा जस्तो ग्रामीण भेगको बिकाश र शुसासनको लागि पत्रकारहरुले निस्पक्ष र सत्यमा आधारित भएर कलम चलाउनु पर्ने कुरामा जोड दिनु भयो । उहाले पत्रकार र पत्रकारिताको लागि आफु सधै सकारात्मक र सहयोग गर्न ततर रहेको बताउनु भयो ।
तालिमका प्रशिक्षार्थीलाई प्रमुख अथिति राहुलदेव चौधरी सभापति लेख बहादुर थापाले लगायतले प्रमाणपत्र वितरण गरेका थिए । तालिममा वडा नं. ७ को सबै टोल बाट तीन/तीन जना युवायुवतीहरुको गरि २५ जनाको सहभागिता रहेको आयोजक रेडियो साझा आवाजले जनाएको छ ।
उक्त तालिम सञ्चार, आमसञ्चार, पत्रकारिता, समाचार, समाचार लेखन, अन्तरबार्ता, फोटो र पत्रकार आचार संहिताका विषयका सैद्धान्तिक र व्यवहारिक अभ्यासकाका साथै रेडियो पत्रकारिताको विषयमा केन्द्रीत रहेको थियो ।
कार्यक्रमको सन्चालन रेडियो साझा आवाज गढवाकि सपना पौडेलले गर्नु भएको थियो ।
