Sunday, May 3सत्यम खबर
Shadow

ब्रिटिस स्कुलका विद्यार्थी चित्रकला प्रदर्शनी हेर्दै

नेपालगन्ज, १५ चैत्र – नेपालगन्ज १९ शान्तिनगर स्थित ब्रिटिस इग्लिस बोर्डिङ स्कुलले आफ्ना विद्यार्थीहरुलाई श्यामनन्द सिह ठकुरीको एकल चित्रकला र हस्तकला प्रदर्शनी अबलोकन गराएको छ ।

हजारौं चित्रकला र हस्तकलाको अबलोकन गर्दा विद्यार्थीहरु चकित पर्नुका साथै विद्यार्थीहरुले निकै उत्सुकताका साथ अबलोकन गरेका थिए ।

बिधालयका संस्थापक निरज शाहले बिद्यार्थीहरुलाई चित्रका बारेमा बर्णन गर्नुभएको थियो । सबैभन्दा उत्सुकता बैलगाडा, धरहरा, ताज महल, विभिन्न बाजाहरु तथा फालिएका प्लास्टिकका सामाग्रीको सदुपयोग गरेर बनाईएका चित्रहरु विद्यार्थीको आकर्षण बनेको थिए ।

वरिष्ठ चित्रकार श्यामनन्दले बिद्यार्थी भनेको राष्ट्र कै गहना र भबिष्य भएकाले यस्ता कलाकारिताका बारेमा उनीहरुलाई जानकारी दिन निकै जरुरी भएको बताए ।

विद्यार्थीहरुले सम्पुर्ण चित्रहरु हेरेर चकित हुँदै निकै आनन्द लागेको र धेरै कुराहरु नयाँ नयाँ सिक्ने अवसर मिलेको कक्षा ३ का ओनिर काफ्लेले जानकारी गराए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *