
नेपालगन्ज, १० भाद्र – श्री श्री श्री १००८ हिरामान हरि गिरी (हरि शंकर नागा बाबा) को ८७ वर्षको उमेरमा देहअवसान भएको छ । मंगलबार दिउँसो १ बजेर १५ मिनेटमा नेपालगन्जस्थित हनुमत गौशालामा आप्mनो पाँच तत्वको शरीर मंगलबार त्याग गरी ब्रह्मलिन हुनुभएको थियो ।
आज बुधबार उहाँको पार्थिव शरीरलाई भक्तजनहरुले हनुमानगढी परिक्रमा गराई अन्तिम बिदाई दिने श्रद्धालु मदनराज शर्माले बताउनुभयो ।

श्रद्धालु शर्माका अनुसार बुधबार बिहान १०ः४५ मा हनुमन गौशालाबाट हनुमानगढी मन्दिरसम्म परिक्रममा गराई पुनः हनुमन गौशालामा ११ बजेर ५५ मिनेटमा उहाँलाई धार्मिक विधिविधान अनुसार अन्तिम बिदाई गरिने बताउनुभयो ।
श्री श्री श्री १००८ नागा बाबा गत जेष्ठ १५ गते ब्रेन ह्यामरेज भएपछि हालसम्म उपचार कै क्रममा हुनुहुन्थ्यो । शुरुको ३ दिन नेपालगन्ज मेडिकल कलेजमा राखिएपछि थप उपचारका लागि भारतको मेदान्त अस्पतालमा भर्ना गरिएको थियो । तर त्यहाँ उहाँको १ महिना उपचारपछि पुनः नेपालगन्ज ल्याइएको थियो । नेपालगन्ज ल्याएपनि मेदान्त अस्पताल कै सल्लाह अनुसार औषधी खुवाउने कार्य जारी राखिएको थियो ।

उपचार कै क्रममा उहाँको किटनी, मुटु, फोक्सोमा समस्या देखिँदै गएपछि बिस्तारै शरीर सिथिल हुन थालेको थियो । उहाँ हनुमानगढी मन्दिर सञ्चालन तथा व्यवस्थापन समितिका संरक्षक रही श्री महन्त पदमा रहेको भक्त हितेश भारतीले बताउनुभयो ।
