Sunday, November 24सत्यम खबर
Shadow

व्यवसायी एवम् माओवादी नेता आचार्यको निधन 

नेपालगन्ज, ५ चैत्र – नेकपा माओवादी केन्द्रका नेता दामोदर आचार्यको निधन भएको छ । ५९ बर्षीय आचार्यको उपचारका क्रममा आज विहान भेरी अस्पतालमा निधन भएको हो । 

नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी सदस्य आचार्य नेपालगन्ज उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष हुन् । नेपालगन्जका प्रतिष्ठित व्यवसायी उनी नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य पनि भएका थिए । नेपालगन्जमा लोकप्रिय छवि बनाएका आचार्य २०७४ को स्थानीय निर्वाचनमा नेपालगन्ज उपमहानगरपालिकामा मेयरको उम्मेदवार पनि बनेका थिए ।

क्यान्सरसँग जुध्दै आएका आचार्य लामो समय भारतको दिल्लीमा उपचार गराएर नेपाल फर्किएका थिए । स्वास्थ्यमा सुधार भएपछि नेपालगन्जस्थित घरमै स्वास्थ्य लाभ गरिरहेका आचार्य फेरि विरामी परेका थिए । उनको जन्म प्युठानमा भएको थियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *