Monday, April 20सत्यम खबर
Shadow

खजुरामा चैथो मेयर रनिङ शिल्ड प्रतियोगिता शुरु

खजुरा, २८ फागुन – बाँकेको खजुरास्थित योगिनी मावि गौघाटमा चौथो अन्तर बिद्यालय मेयर रनिङ शिल्ड खेलकूद प्रतियोगिता शुरु भएको छ ।

बिभिन्न झाँकी, पञ्चेबाजा र सहभागी बिद्यालयका खेलाडी छात्रा, छात्रको मार्चपासले भब्य समारोह बीच प्रतियोगिताको उद्घाटन भएको हो । प्रतियोगिताको बाँके क्षेत्र नंं. ३ का लुम्बिनी प्रदेश सांसद बाबुराम गौतमले एक समारोहका वीच उद्घाटन गरेका थिए ।

आजदेखि शुरु भएको प्रतियोगिता ३० गतेसम्म ३ दिन सञ्ंचालन हुने छ । उद्घाटन समारोहलाई सम्बोधन गर्दै खजुरा गाउँपालिका अध्यक्ष तथा गाउँ शिक्षा समितिका अध्यक्ष किस्मतकुमार कक्षपतिले बिगत देखि सुरु हुदै आएको यो प्रतियोगिलाई खजुरावासीले एक महोत्सवको रुपमा हेरेको बताए ।

अन्तर बिद्यालय मेयर रनिङ शिल्ड खेलकूद प्रतियोगिता खजुरा गाउँपालिकामा स्थापित भैसकेको भन्दै अध्यक्ष कक्षपतिले आगामी बैशाखमा हुने स्थानीयतहको चुनाव पछि गठन हुने स्थानीय सरकारले पनि निरन्तरता दिने बताए । खजुरालाई १५ बर्षमा समृद्ध बनाउने लक्ष्यलाई साकारपार्न यो प्रतियोगिता पनि जोडिएकाले समृद्ध खजुरा बनाउने सवालमा प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

प्रतियोगितामा खजुरा क्षेत्रका सामुदायिक तथा निजी गरि १६ विद्यालयका १८ बर्ष मूनिका १ सय ७७ छात्रा र २ सय ४१ छात्र गरि ४ सय १८ बिद्याथीहरुको सहभागितामा खेल प्रतिष्पर्धा हुने खजुरा गाउँपालिका शिक्षा तथा खेलकुद शाखा प्रमुख तथा सचिवालय संयोजक खगेन्द्र बहादुर मल्लले जानकारी दिए ।

प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने विद्यालयलाई २५ हजार, द्वितियलाई १५ हजार र तृतीयलाई १० हजार राशीको पुरस्कार, प्रमाण पत्र र ट्रफिको व्यवस्था गरिएको छ । कार्यक्रममा खजुरा गाउँपालिका राजनितिक सल्लाकार भीम वली, नेपाली काँगे्रसका पूर्व सभापति कृष्णमान श्रेष्ठ, नेकपा बाँकेका सचिव रत्न खत्री, नेकपा माओवादीका जिल्ला सचिब धनीराम वली, खजुरा गाउँपालिका उपप्रमुख एकमाया विक, प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसी, लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *