
नेपालगन्ज, २५ फागुन – बाँके जिल्ला लिग फुटबलमा बुधबार युनाइटेड स्पोर्टस क्लब र न्यु डाँफे स्पोर्टस क्लबले जित हासिल गरेका छन् ।
नेपालगन्ज रंगशालमा युनाइटेड स्पोर्टसले मोडेल टिमलाई १–० ले हरायो । खेलमा मोडेलका गोलकिपरको छातीमा लागेर आत्मघाती गोल भएको थियो ।
यसैगरी अर्को खेलमा न्यु डाँफेले नवदुर्गा युवा क्लबलाई ३–१ ले पराजित गरेको छ । न्यु डाँफेका अर्जुन सुनारले ७ र २३औं मिनेटमा गोल गरेर प्रेम सुनारले १३औं मिनेटमा गोल गदैं न्यु डाँफेलाई जित दिलाए । नवदुर्गाले खेलको ५ मिनेटमा पेनाल्टी पाएको थियो । त्यसलाई विशाल थारुले सदुपयोग गर्दै गोल गरे ।
