Thursday, March 12सत्यम खबर
Shadow

मोहर्रम पर्व घर मै बसी मनाउन अनुरोध

नेपालगन्ज, ९ भाद्र – विश्वमा कोभिड–१९ को महामारी फैलिएको बेला बाँकेका मुस्लिम धर्मावलम्बीहरुले संयुक्त रुपमा पत्रकार सम्मेलन गरी यसपटकको मोहर्रम पर्व घर मै बसी मनाउने निर्णय सार्वजनिक गरेका छन् ।
मंगलबार पत्रकार सम्मेलनमार्फत सबैलाई जानकारी हुने गरी बाँके जिल्लामा रहेका सम्पूर्ण मुस्लिम धर्मावलम्बीहरुलाई नेपाल सरकारको गाईड लाईन अनुसार यसपटकको मोहर्रम पर्व घर मै बसी मनाउन अनुरोध गरेका छन् ।


नेपाल मोहर्रम तथा संरक्षण समितिका प्रवक्ता एवम् नेकपा (एमाले)का नेता मोहम्मद हारुनले यो महिना हजरत हसन र हजरत हुसैनले सत्यको लागि आफ्नो सम्पूर्ण परिवार सहित सहादत दिएका कारणले यो यादगारे हुसैन महिनाको रुपमा मनाउँदै आएका छौं । यस महिनामा हाम्रो समुदायको तर्फबाट हुने सम्पूर्ण जुलुसको कार्यक्रम स्थगित गरिएको सबैमा जानकारीको लागि अनुरोध गरेका छन् ।
पत्रकार सम्मेलनमा नेता हारुनले आज श्री श्री १००८ श्री हिरामान हरि शंकर गिरि नागा बाबा (हनुमान गढी गौशाला, नेपालगन्ज) यस संसारबाट अलबिदा लिएको हुँदा उहाँको अनुपस्थिति धार्मिक एवं सामाजिक क्षेत्रमा जहिले पनि खटकिरहने छ भनी श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
संयुक्त पत्रकार सम्मेलन मार्फत भाद्र १३ गते शनिबारका दिन ताजिया आ–आफ्नो तरिकाले घर अगाडी राख्ने तथा भाद्र १४ गते आईतबार बिहानदेखि कुनै किसिमको भिड जम्मा नहुने गरी तालिया सेलाउन कर्बलामा आलो–पालो जान सबैमा हार्दिक अनुरोध गरेका छन् ।
पत्रकार सम्मेलनमा मोहर्रम पर्व एवं कर्बला समितिका अध्यक्ष एवम् सांसद मो. याकूब अन्सारी, नेपाल मोहर्रम तथा संरक्षण समितिका अध्यक्ष मेराज हलवाई, नेपाल मोहर्रम समिति धम्बोझीका अध्यक्ष मेराज हिमाल, प्रवक्ता मोहम्मद हारुन, सञ्चारकर्मीहरु लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *