Friday, April 17सत्यम खबर
Shadow

नेकपा माओवादी केन्द्रको संगठन शुद्धिकरण तथा विस्तार अभियानमा तिब्रता

आकाश कसौधन
नेपालगन्ज, २३ फागुन – नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले नेपालगन्ज उपमहानगरपालिका भित्र विभिन्न वडाहरुमा संगठन विस्तार गरिरहेको छ । यसै क्रममा वडा नं २१ मा पनि विभिन्न संगठन निर्माण गरिएको छ ।


पार्टीका वडा अध्यक्ष जाकिर मनियारको अध्यक्षतामा भेला गरिएको छ । यसैगरी पाँच वटा जन बर्गीय संगठन बनाउने निर्णय गरिएको छ । जस अनुसार कार्यसमिति निर्माण गरिएको छ । वाईसेल नेपाल अध्यक्ष सलाउदीन खाँसहित ११ सदस्य, मधेशी मुक्ति मोर्चा अध्यक्ष सविर मनियार ११ सदस्य, किसान महासंघको अध्यक्ष अक्वाल खाँ सहित ११ सदस्य, मुस्लिम मुक्ति मोर्चा अध्यक्ष जमाल खाँसहित ११ सदस्य, महिला संगठ को अध्यक्ष सहुरा खाँ सहित ११ सदस्य कमिटी निर्माण गरिएको जनाईएको छ ।


नगर कमिटी सदस्य मन्दीरा पाण्डेद्वारा सञ्चालन गरिएको उक्त कार्यक्रमका प्रमुख अतिथि नेपालगन्ज उपमहानगरपालिका अध्यक्ष रत्नबहादुर शाही, जिल्ला संयोन्य सदस्य झुपा बिश्वकर्मा, टिम कमाण्डर ताराप्रसाद खत्री प्रमेस, सचिव प्रेमबहादुर शाह, सह–सचिव नन्दलाल वैश्य, कोषाध्यक्ष कश्मीरा खातुन, मिना डाँगी, नगर सदस्य तथा जन प्रतिनिधि २१ नं. वडा अध्यक्ष रन्जीत खान लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *