Monday, April 13सत्यम खबर
Shadow

प्राचीन हिन्दु शम्शान भूमिमा महाकाल मन्दिर निर्माणका लागि सबै लागौं

नेपालगन्ज, १९ फागुन – २०७९ सालमा हुने स्थानीय निर्वाचनबाट विभिन्न पदका उम्मेदवार बन्ने इच्छुक उम्मेदवारले नेपालगन्ज उपमहानगरपालिका वडा नं. ८ बुलबुलिया गाउँ नजिक स्थापित रहेको प्राचीन हिन्दु शम्शान भूमिमा दशकौं अघि महाकाल मन्दिर निर्माण गर्ने परियोजनका लागि हालिएको जगमा महाकाल मन्दिर बनाउन ईच्छुक कोही छ, जसले यहाँ आफू विजयी भए यहाँ महाकाल मन्दिर बनाई दिनेछु यो कुरा आफ्नो चुनावी घोषणा पत्रबाट सार्वजनिक गर्न सकोस ।


यस हिन्दु शम्शान भूमिको पूर्व–दक्षिण भागमा करिब ४० वर्ष अघि विजय बाल्मिकी नामका भंगी बाबाले महाकाल मन्दिर निर्माण गर्नका लागि नगरबाट चन्दा संकलन गरी जग हालेका थिए । तर हिन्दु शम्शान भूमि समितिको असक्षमताको कारण यो महाकाल मन्दिर आजसम्म निर्माण गर्न सकिएको छैन् । मन्दिर निर्माणका लागि पिलरसहितको बलियो जग छ ।


यसको माथि छाना हालेर भगवान महाकाल मन्दिर निर्माण गर्न सकिन्छ । यहाँ महाकाल मन्दिर निर्माण भए भारतको उज्जैनमा पुगी भगवान महाकालको पूजा गर्नु पर्दैन, यो पूजा यहाँबाट नै गर्न सकिन्छ । यस कारण अब सबै नेपालगन्ज नगरबासी महाकाल मन्दिर निर्माण गर्ने प्रयासमा लागौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *