
नेपालगन्ज, १६ फागुन – मधेश मिडिया मिसन नेपालको भातृ संगठन नागरिक अधिकार मञ्चको कार्यकारी अध्यक्षमा समिर अलि नियुक्त गरिएका छन् ।
आईतवार दिन नागरिक अधिकार मञ्चको बैठकले समिर अलिलाई कार्यकारी अध्यक्ष पदमा नियुक्त गरेको हो । मधेश मिडिया मिसन नेपाल केही महिनादेखि अवधी भाषाको विकास, मधेश र मधेशीको उत्थानको लागि अभियान नै छेडेको छ ।
२०७९ वैशाख ३ मिसन नेपालले अवधी पत्रकारिता स्थापना दिवस भव्यताले मनाउने तयारीमा लागेको छ । यस समय मिसनले मधेशी जनताको हक अधिकार सुनिश्चित गराउन नागरिक अधिकार मञ्च अन्तर्गत नेगउमनपाको २३ वटै वडामा वडा समिति गठन गर्ने अभियान चलाएको छ । जसमा वडा नं. ५ मा वडा समिति गठन भइ सकेको छ ।
यो कार्य मञ्चका अध्यक्ष रमेशचन्द्र कुमालको नेतृत्वमा भएको थियो । अब पालिकाको २२ वडामा वडा समिति गठन गर्न बाँकी रहेको छ । उमनपामा रहेको बाँकी वडामा वडा समिति गठन गर्ने जिम्मेवारी कार्यकारी अध्यक्ष समिर अलिलाई मिसनले सुम्पेको छ ।
नेपालगन्ज उमनपामा वडा समितिहरु गठन गरे पश्चात मञ्चले कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका र बाँकेको सबै गाउँपालिकामा वडा समिति गठन बताईएकाे छ ।
शनिवार भएको मिसनको बैठकमा नागरिक अधिकार मञ्चका अध्यक्ष रमेशचन्द्र कुमाल, सचिव साेनाली गुप्ता, मधेश मिडिया मिसन नेपाल बाँकेका अध्यक्ष चन्द्रेश्वरराज त्रिपाठी, सचिव सन्ध्या शर्मा, काेषाध्यक्ष चन्दा सिंह, सदस्यहरू सन्तोषकुमार वैश्य, बनि अमिन सल्मानी, शुभम शर्मा लगायतको उपस्थिति रहेको थियो ।
