Sunday, April 12सत्यम खबर
Shadow

क्षयरोग निवारण संस्थाको २५ औं वार्षिक जिल्ला सभा सम्पन्न

नेपालगन्ज, १६ फागुन – नेपाल क्षयरोग निवारण संस्था बाँके शाखाको २५ औं वार्षिक जिल्ला साधारण सभा सम्पन्न भएको छ ।

नेपालगन्ज उप–महानगरपालिकाका उप–प्रमुख उमा थापा मगरको प्रमुख आतिथ्य तथा नेपाल क्षयरोग निवारण संस्थाका केन्द्रिय सदस्य सेमराज शाक्यको विशिष्ठ आतिथ्यमा सम्पन्न सभामा पूर्व अध्यक्ष पूर्णलाल चुकेले स्वागत मन्तव्य व्यक्त गर्दै संस्थाको ऐतिहासिक पृष्ठभूमि र वर्तमान गतिविधिका बारेका प्रकाश पार्नु भएको थियो ।

सचिव नरेन्द्र श्रेष्ठले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष ज्ञानेन्द्र कुमार श्रेष्ठले आयव्ययको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । सो कार्यक्रममा भेरी सहकारी वित्तिय संस्था लिमिटेडका निवर्तमान अध्यक्ष तथा नाटा बाँकेका आजीवन सदस्य बसन्त लामिछाने, लायन्स क्लब इन्टरनेशनलका बी २ का पूर्व गर्भनर मधुसुदन शर्मा, निवर्तमान सभापति सुश्री शान्ति श्रेष्ठले आ–आफ्ना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

संस्थाका शाखा सभापति बदरुद्दीन अन्सारीको अध्यक्षता सम्पन्न उक्त सभामा नाटाको अधुरो रहेको भवनका डे केयर सञ्चालनका लागि प्रस्तावित कोठाको निर्माणका लागि विभिन्न दाताहरुले करीब तीन लाख बढीको सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको संस्थाका केन्द्रिय सदस्य सेमराज शाक्यले बताउनु भएको छ ।

अगामी चैत्र १२ गते नेपालगन्जमा हुन गइरहेको नेपाल क्षयरोग निवारण संस्थाको केन्द्रिय सभाको लागि विभिन्न उप–समितिहरु पनि गठन गरिएको छ ।

सो कार्यक्रममा कैलपाल हेल्थ कलेजका अध्यक्ष सञ्जय सिंह, खेलकुद विकास समिति लुम्विनी प्रदेशका उपाध्यक्ष नरेन्द्र थापा, यशस्कर सदस्य रामप्यारी कुर्मीका छोरा समाजसेवी माधवराम वर्मा, पूर्व सभापति रणप्रसाद राना, रामशंकर माधवदास लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *