Sunday, April 12सत्यम खबर
Shadow

अनेम संघ टोल कमिटि गठन

नेपालगन्ज, १४ फागुन – अनेमसंघ वडा नं.१० वडा कमिटिको आयोजनामा आर्दश नगर टोल कमिटि गठन गरिएकाेे छ । कार्यक्रममा अनेमसंघ केन्द्रिय सदस्य अछरी पोखरेलले महिला संगठीत हुँदै राजनीतिमा सक्रिय हुनु पर्ने बताउँदै आगामी चुनावमा महिलाले सक्रिय भुमिका खेल्न आग्रह गर्नु भयो ।

यसैगरी अनेमसंघ जिल्ला सदस्य मधु भुषालले आगामि बैशाक ३० गते हुने चुनाबमा गाउँगाउँ र टोलटोलबाट जागरुक भइ नेकपा एमालेलाई जिताउन महिला पुरुष सबैले भुमिका खेल्नु पर्ने बताउनु भयो । नेकपा एमालेको भातृ संगठन अनेम संघ वडा नंं.१० आदर्श नगरमा बर्षा शाहीको अध्यक्षतामा १३जनाको अनेम संघ टोल कमिटि गठन गरिएको छ ।

जसमा उपाध्यक्ष गिता ढुगांना, सचिव सुनिता बटाला, सहसचिव लतादेवि खड्का, कोषाध्यक्ष वविता के.सी रहेका छन् । यसैगरी सदस्यहरुमा अमरावति पाण्डे, मनसरा तिमिल्सीना, नुरेन्द्र देवि उपाध्यया, ललिता सिंह, सरिता वली, छाया रावल रहेका छन् ।

कमिटिलाई अनेम संघ केन्द्रिय सदस्य अछरी पोखरेल र जिल्ला सदस्य मधु भुसालले खादा ओढाएर सम्मान गर्नु भएको थियो । कार्यक्रममा अनेम संघ जिल्ला सदस्य बेवि मण्डल, सुमन गिरी, अनेम संघ १० वडा सल्लाहकार निर्मला वि.सी., वडा सदस्यहरु सुनिता गुरुङ, सत्यदेवि बराल, चित्रा वि.सी. लगायतको सहभागीता भएको थियो ।

अनेम संघ वडा नं.१०का अध्यक्ष सवित्री गिरीको अध्यक्षतामा बसेको बैठकले प्रत्येक महिनाको दोस्रो शनिवार बैठक बस्ने, अगामी चुनावी अभियानमा पार्टीको निर्देशन अनुसार अगाडी बढ्ने, अन्तर्राष्ट्रिय श्रमिक महिला दिवश सम्बन्धमा, अनेम संघ जिल्ला भेला सम्बन्धमा जस्ता विषयमा बैठक बसी छलफल गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *