
नेपालगन्ज, १० फागुन – ब्रह्माकुमारी ईश्वरी विश्वविद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र, नेपाल क्षेत्रीय कार्यालय नेपालगन्ज, बाँकेद्वारा फाल्गुन १० गते मंगलवार पत्रकार सम्मेलनको आयोजना गरिएको छ ।
अन्तर्राष्ट्रिय स्तरमा मूल्यनिष्ठ समाजको स्थापनार्थ आध्यात्मिक सेवामा समर्पित ब्रह्माकुमारी ईश्वरी विश्वविद्यालय एवं राजयोग प्रशिक्षण केन्दका १४८ भन्दा बढी राष्ट्रमा सञ्चालित करीब ८ हजार ५ सय सेवा केन्द्र, उप सेवाहरुले फाल्गुन १७ गते मंगलवार महाशिवरात्रीको पावन पर्वलाई विविध कार्यक्रमहरुद्वारा “परमात्मा शिव अवतरणको ८६ औं महाशिवरात्री महोत्सव” को रुपमा मनाउँदैछ ।
सो पर्वको अवसरमा नेपाल क्षेत्रीय कार्यालय नेपालगन्जले सप्ताह व्यापी कार्यक्रमको आयोजना गरी मनाइरहेको छ । उनै विश्व कल्याणकारी, मुक्तिदाता, भव–भयहारी, संकटमोचन, दुःख निवारक, ज्योति स्वरुप परमपिता परमात्मा शिवको स्मृतिको पावन पर्वमा आयोजित सप्ताहव्यापी महाशिवरात्री महोत्सव अन्तर्गत शिव दर्शन आध्यात्मिक झाँकी र्याली सहित बाँके र बर्दिया जिल्लाव्यापी यात्रा, विभिन्न स्थानहरुमा चित्र प्रदर्शनी, शिव ध्वजारोहण तथा आध्यात्मिक प्रवचन गर्ने कार्यक्रमको आयोजना गरिनेछ ।
सो अवसरमा लागू पदार्थ दुव्र्यसन तथा गाँजा भाङ आदि नशालु वस्तुहरुको सेवनलाई न्यूनीकरण गर्ने र रचनात्मक तरिकाले समाजमा सन्देश प्रवाह गरेर सकारात्मक जीवन पद्दतिको लागि अभिपे्ररित गर्नुपर्ने वर्तमान समयको माग रहेकोले सचेतनामूलक कार्यक्रमको लक्ष्य लिएर सो संस्थाले महाशिवरात्री पर्वलाई मनाइरहेको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । उक्त कार्यक्रममा सञ्चारकर्मीहरु मार्फत् सम्पूर्ण परमात्मा प्रेमी, श्रद्धालु महानुभावहरुलाई नेपालगन्ज केन्द्रले हार्दिक अनुरोध पनि गरेको छ ।
ब्रह्माकुमारी ईश्वरी विश्वविद्यालय एवं राजयोग प्रशिक्षण केन्द्रकी केन्द्रिय उपाध्यक्ष क्षेत्रीय निर्देशक ब्रह्माकुमारी दुर्गाको अध्यक्षतामा बाँके जिल्ला न्यायाधीश मानीनय श्याम सुन्दर अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न तथा क्षेत्रीय कार्यालयकी सहसंयोजक ब्रह्माकुमारी मुनाद्वारा सञ्चालित कार्यक्रममा ब्रह्माकुमारी रविनाले कार्यक्रममा सहभागीहरुलाई स्वागत गर्नुभएको थियो ।
सो कार्यक्रम प्रमुख अतिथि तथा जिल्ला न्यायाधीश श्याम सुन्दर अधिकारी, वरिष्ठ पत्रकार पूर्णलाल चुके, नेपाल पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्ष नीरज गौतम, नेपाल पत्रकार महासंघ बाँकेका सचिव कमल डाँगी, पे्रस युनियन बाँकेका अध्यक्ष अर्जुन ओली लगायतले आ–आफना विचार राखेका थिए ।
कार्यक्रम अनुसार फाल्गुन ११ गते बुधवार बाँकेको फत्तेपुर, बिनौना र नरैनापुरको चोक चोकहरुमा विहान ९ बजेदेखि साँझ ४ बजेसम्म शिवदर्शन आध्यात्मिक झाँकी ¥याली तथा प्रवचन कार्यक्रम, आध्यात्मिक चेतनामूलक चित्र प्रर्दशनी फाल्गनु १२ बिहीवार गते भृकुटीनगरमा विहान ७.३० बजे, राँझामा साँझा ४ बजे शिवध्वजारोहण तथा आध्यात्मिक प्रवचन कार्यक्रम, सोही दिन परसपुर, सैनिक क्षेत्र रिमझिम चोक, एलगाउँ गौघाट, के गाउँ आदि स्थानहरुमा शिवदर्शन आध्यात्मिक झाँकी ¥याली तथा प्रवचन कार्यक्रम, आध्यात्मिक चेतनामूलक चित्र प्रर्दशनी, फाल्गुन १३ गते शुक्रवार नेपालगन्जदेखि खजुरा, बर्दियाको मैनापोखर , गलरिया, मधुबन बजार हुँदै राजापुरसम्मको यात्रामा शिवदर्शन आध्यात्मिक झाँकी ¥याली तथा प्रवचन कार्यक्रम, आध्यात्मिक चेतनामूलक चित्र प्रर्दशनी, फाल्गुन १४ गते शनिवार कारकाँदौं, बिहान ७ः.३०बजे, धम्बोझी उप–केन्द्र नेपालगन्जमा साँझा ४ बजे शिवध्वजारोहण तथा आध्यात्मिक प्रवचन कार्यक्रम गर्नुुका साथै सोही दिन वडा वडा को चौक चौकमा झण्डा रोहण पछि शिवदर्शन आध्यात्मिक झाँकी ¥याली तथा प्रवचन कार्यक्रम, आध्यात्मिक चेतनामूलक चित्र प्रदर्शनी, फाल्गुन १५ गते आइतवार नेपालगन्जदेखि कोहलपुर, सम्झना बजार, बाँसगढी, लक्ष्मणसम्म विहान ७ बजे प्रस्थान शिवदर्शन आध्यात्मिक झाँकी ¥याली तथा प्रवचन कार्यक्रम, आध्यात्मिक चेतनामूलक चित्र प्रर्दशनी, फाल्गुन १६ गते सोमवार मुक्तिपुर ७.३० बजे नेपालगन्जका छुटेका विभिन्न स्थानहरुमा शिवध्वजारोहण तथा आध्यात्मिक प्रवचन कार्यक्रम र आध्यात्मिक चेतनामूलक चित्र प्रदर्शनी, फाल्गुन १७ गते मंगलवार नेपालगन्ज बिहान ८ बजे, कोहलपुरको विभिन्न स्थानहरुमा दिनमा १ बजे शिवध्वजारोहण तथा आध्यात्मिक प्रवचन कार्यक्रम र आध्यात्मिक चेतनामूलक चित्र प्रदर्शनी गरिने कार्यक्रम रहेको छ ।
