Saturday, April 18सत्यम खबर
Shadow

शिवसेनाको हिम्मत र तागत !

– रमेश चन्द्र कुमाल
नेपालगन्ज, ८ फागुन – नेपाल शिवसेनाले त्रिभुवन चोकमा स्व. राष्ट्रपिता स्व. श्री ५ त्रिभुवन वीर विक्रम शाहदेव सरकारको प्रतिमा स्थापित अनावरण गर्ने क्षणमा जुन प्रकारले हिम्मत र तागतको प्रदर्शन गरेको छ । यसको सम्पूर्ण नेपालगन्ज नगरमा सराहना भई रहेको छ ।
शनिवार दिन नेपालगन्ज उमनपाले त्रिभुवन चोकमा श्री ५ त्रिभुवन सरकारको प्रतिमा स्थापना अनावरण गर्ने व्यवस्था मिलाएकोले सोही प्रकार प्रायोजित कार्यक्रम अनुसार प्रतिमा अनावरण गर्ने कार्य भयो । शनिवार दिन बिहान नेपाल शिवसेनाका कार्यकर्ताहरु एक्कासी रिक्शामा हाली त्रिभुवन सरकारको प्रतिमा बोकेर ल्याए र प्रतिमा अनावरण गरे यस्तो कार्य हुँदा केही बेरसम्म प्रहरीसँग उनीहरुको चर्काचर्की भयो । प्रहरीले हामी प्रतिमा भत्काउँछौं भन्ने किसिमको अडान लिएको थियो ।


तर शिवसैनिकहरु आज प्रतिमा अनावरण गरी छाड्ने ढिपी नै लिएका थिए । शिवसैनिकहरु एक्कासी त्रिभुवन चोकलाई आफ्नो नियन्त्रणमा लिएर राष्ट्रिय झण्डा लागेको स्थानमा चढे र ग्रैण्डरबाट फलामे पाइप काटे र केही समयभित्रै प्रतिमा अनावरण गर्ने सफलता प्राप्त गरे । यस समय राप्रपाका कार्यकर्ता मूक दर्शक भएर खडा थिए तर शिवसैनिक प्रायोजित कार्यक्रम अन्तर्गत निडर भई प्रतिमा अनावरण कार्य गर्दै रहे यस कार्यमा नेपाल शिवसेनाका नगर अध्यक्ष मंजल जिएम आफै नै खटिएका थिए जबसम्म सिमेन्ट बालुवा मिश्रित मसलाले प्रतिमा स्थापित भएन शिवसैनिक त्यहीं अडिग भइ बसी रहे ।


यस्तो कार्य गर्ने प्रशिक्षण शिवसैनिकहरु २०५२ सालदेखि नै लिएका छन् त्यसै अनुभव अनुसार उनीहरुले कार्य अहिले गरेर देखाएका छन् । साँझपख राप्रपाका स्थानीय नेता र कार्यकर्ता सेल्फी लिन व्यस्त रहे तर शिवसैनिक यसबीच प्रहरी कुनै पनि समयमा प्रतिमालाई हानी नोक्सानी पु–याउने ख्याल राखी त्यसको सुरक्षा गर्न चारैतर्फ खटिएको देखिए उनीहरु सेल्फी खिचाउन ध्यान भने दिएनन् ।
अबेर रातीसम्म उनीहरु प्रतिमाको सुरक्षा गर्दै रहे । यस सम्बन्धमा शिवसेनाले भनेको छ, हामी राष्ट्रवादी शक्ति हौं सस्तो लोकप्रियता कमाउने तर्फ हामी लाग्दैनौं राजा सबैको साझा हुन् यस कारण आफ्नो कर्तव्यको बोध गरी कर्तव्यको वहन गरेका छौं कसैले यस प्रतिमालाई हानी नोक्सानी पु–याउने प्रयास गरे कडा प्रतिकार गर्ने भनेका छन् ।


शनिवार राती नेपालगन्ज उमनपाका मेयर डा. धवलशम्शेर राणा र अन्य राप्रपाका नेताको चोकमा उपस्थिति रहेको थियो । यसबीच नेपाल शिवसेनाका थुप्रै नेताहरुको पनि त्यहाँ उपस्थिति रहेको थियो । तर शिवसेनाका नेताहरु सेल्फी खिचाउने तर्फ नलागेको देखियो । नेपाल शिवसेनाका केन्द्रीय अध्यक्ष राजकुमार रौनियारले भने, हामी आफ्नो लक्ष्य अनुसारको काम गरेका छौं । बिहानदेखि हामीले आफ्ना नेता र कार्यकर्तालाई प्रतिमा अनावरणको लागि परिचालित गरेका थियौं सोही अनुरुप कार्य गरिएको छ । आगामी समय के कस्तो कार्यवाही स्थानीय प्रशासनले गर्नेछ यसबारेमा उचित जवाफ उचित समयमा दिनेछु भने ।
त्रिभुवन चोकमा स्थापित श्री ५ त्रिभुवन सरकारको प्रतिमा स्थापित भइसकेको छ जसमा केही प्रतिक्रियाहरु पनि भएको छ जसपा बाँकेले एक प्रेस विज्ञप्ति जारी गरी स्थापित प्रतिमाप्रति आपत्ति जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *