Tuesday, April 21सत्यम खबर
Shadow

सावित्रीको अध्यक्षतामा अनेम संघ गठन

नेपालगन्ज, २ फागुन – नेपालगन्ज उपमहानगरपालिका वडा नं.१०मा सावित्री गिरीको अध्यक्षतामा १३ सदस्य अनेमसंघ वडा कमिटि गठन गरिएकाे छ । जसमा उपाध्यक्ष चित्रा विसी, सचिव विजयलक्ष्मी रोकाय, सहसचिव माया साहु, कोषाध्यक्षमा संगीता आरसी रहेका छन् ।

यसैगरी सदस्यहरुमा उमा शर्मा रेखा पुरी, सुनिता श्रेष्ठ, सत्यदेवि बराल, सुनिता गुरुड, मनमाया जयसवाल, सुमित्रा यादव, माया चौधरी लगायतका रहेका छन् । नव निर्वाचित कमिटिलाई अनेमसंघ केन्द्रिय सदस्य अछरी पोखरेलले सपथग्रहण गराउनु भएको थियो ।

कार्यक्रममा प्रमुख अथिति नेकपा एमाले नेपालगन्ज उपमहानगरपालिका नगर अध्यक्ष दत्तप्रसाद आचार्यले पार्टी बलियो हुन पार्टीका जनवर्गीय संगठनहरु चलायमान हुनुपर्ने भन्दै अनेम संघमा धेरैभन्दा धेरै महिलाहरु संगठीत भएर समाजमा रहेको कुरीति कुसँस्कारको विरुद्ध जाग्दै आगामी बैशाक ३० गते हुने स्थानिय निकायको चुनावमा जुट्नु पर्ने बताउनु भयो ।

यसैगरी विशेष अथिति अनेम संघ केन्द्रिय सदसय अछरी पोखरेलले बर्तमान सरकार चुनावबाट पन्छिन खोजेको उल्लेख गर्दै महिला राजनीतिक रुपले संगठीत हुँदै समाजमा रहेको विकृति र विसंगतिका विरुद्ध एकजुट हुनु पर्ने बताउनु भयो । केन्द्रिय सदस्य पोखरेलले आगामि बैशाक ३० गते हुने चुनावमा वडा कमिटिले महत्वपुर्ण भुमिका खेल्नु पर्ने बताउनु भयो ।

यसैगरी नेकपा एमाले जिल्ला कमिटि सदस्यरु मधु भुसाल, सरला विष्ट, शाेभा बिसि, मिना ढकाल, रस्मीता धानुक, मनकुमारी सिलवाल, भिम कँडेल लगायतले महिलाहरुलाई राजनीतिमा आउन जरुरी रहेको बताउँदै पार्टीका गतिविधिसँगै अनेम संघका गतिविधि लैजानु पर्नेमा जोड दिएका थिए ।

नेकपा एमाले वडा सचिव प्रज्वल श्रेष्ठद्धारा सञ्चालन गरिएको कार्यक्रम निबर्तमान अध्यक्ष निर्मला विसीको अध्यक्षतामा सम्पन्न भएको थियो । साथै निबर्तमान अध्यक्ष निर्मला विसीले नयाँ अध्यक्ष सावित्री गिरीलाई माइन्युत हस्तान्तरण गरेकी थिइन । नबनिर्वाचित कमिटिलाई जिल्ला सदस्यहरुले खादा ओढाएर सम्मान गरेका थिए ।

आज बसेको पहिलो बैठकले फागुन १४ गते बैठक बस्ने, पुरानो कमिटिलाइ धन्यवाद दिने, सल्लाहकार चयन गर्ने, आगामि बैशाक ३० गते हुने स्थानिय निकायको चुनाव सम्बन्धमा जस्ता निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *