Tuesday, April 21सत्यम खबर
Shadow

माइती नेपालद्वारा कृष्णनगरमा सार्वजनिक छलफल

कृष्णनगर, २३ माघ – मानव वेचबिखनवाट पीडित तथा प्रभावित हरूको सहयोगका लागी बार्षिक सार्वजनिक छलफल कार्यक्रम कृष्णनगर नगरपालिकाको सभा हलमा सम्पन्न भएको छ ।

कृष्णनगर नगरपालिकाको आयोजना तथा हाम्रो सम्मान परियोजनाको सहयोग र कृष्णनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रराम चौधरीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा शुभकामना मन्तव्य कृष्णनगर नगरपालिका महिला तथा वालबालिक शाखा प्रमुख थुमादेवी उपाध्यायले राख्नुभयो ।

विभिन्न संघ संस्था, प्रहरी, मानव वेचबिखनवाट पीडित व्यक्ति, कर्मचारी, पत्रकार, समाजसेवी लगायत अन्य सरोकार वालाहरूको बिचमा मानव वेचबिखनवाट पीडित तथा प्रभावितहरूको सहयोगका लागि के कस्ता उपायहरू अपनाउन सकिन्छ भन्ने बिषयमा छलफल गरिएको थियो ।

कार्यक्रममा मानव बेचविखनका कारणहरू, मानव बेचविखनबाट हुने असर, मानव बेचविखन नियन्त्रणका उपायहरू, मानव बेचविखन बिरूद्ध माइती नेपालले गरेका पहलहरु, उद्धार एवम् पुनरागमन प्रक्रिया, बालश्रम, कार्य स्थलमा हुन सक्ने यौन दुर्व्यवहारहरू, सेवा स्तरमा हुन सक्ने यौन शोषणका कुराहरु लगायत अन्य बिषयमा माइती नेपाल रूपन्देही तथा कपिलवस्तु जिल्लाकी कार्यक्रम संयोजक माया क्षेत्रीले प्रकाश पार्नुभयो ।

कार्यक्रममा व्यवस्थापनको भुमिका माइती नेपालद्वारा सञ्चालित हाम्रो सम्मान परियोजना कपिलवस्तु जिल्ला फिल्ड संयोजक विकाश श्रीवास्तवले गर्नुभयो । कार्यक्रम सञ्चालन इश्वरीप्रसाद पौडेलले गर्नुभयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *