Thursday, April 23सत्यम खबर
Shadow

नेपाल शिवसेनाबाट मधेश मिडिया मिसन नेपाललाई विभिन्न सर–सामान सहयोग

नेपालगन्ज, १५ माघ – नेपाल शिवसेना केन्द्रीय समितिले मधेश मिडिया मिसन नेपाललाई विभिन्न सर–सामान सहयोग गरेको छ ।
शनिबार धम्बोझी कारका“दो स्थित आफ्नो कार्यालयमा नेपाल शिवसेनाका केन्द्रीय अध्यक्ष राजकुमार रौनियारले एक कार्यक्रम बीच मधेश मिडिया मिसन नेपाल बाँके शाखाका अध्यक्ष चन्द्रेश्वर राज त्रिपाठीलाई १ थान टेबुल र ५ थान प्लाष्टिकको कुर्ची हस्तान्तरण गरेका छन् ।
सरसामान हस्तान्तरण गर्दै शिवसेना नेता राजकुमारले ‘मधेश मिडिया मिसन नेपाल विगत लामो समयदेखि मधेशको धर्म संस्कृति, भाषा, सभ्यताको संरक्षण गर्ने कार्य गर्दै आएकोले यो मधेशको हक हितमा कार्य गर्ने एक मात्र संस्था रहेको बुझेर हामीले केही सानो सर–सामान अहिले सहयोग गरेका छौं, यस्तो सहयोग अगामी दिनमा थप गर्दै जाने भन्नुभयो ।’


त्यस्तै शिवसेना नेता मदनराज शर्माले– ‘मधेश मिडिया मिसन विशेषकर अवधी भाषाको विकासको लागि उल्लेखनीय कार्य गरेको छ । अवधी भाषाको विकासको लागि अगामी दिनमा पनि काम गर्ने हाम्रो अपेक्षा रहेको भन्नुभयो ।’
त्यस्तै अर्को शिवसेना युवा नेता मंगल जि.एम.ले– ‘मधेशको मुख्य भाषा अहिले संकटमा छ यसको संरक्षण सम्बद्र्धन गर्न सकिएन भने यो लोप हुने खतरामा पुग्छ नेपाल शिवसेना प्राचीन ८ लाख भन्दा पुरानो अवधी भाषालाई लोप हुन नदिन सचेत र सजग छ । यस भाषालाई बचाउन सबै नै लाग्नु पर्ने जरुरी रहेको भन्नुभयो ।’


शिवसेना नेता शेरबहादुर शाहले– ‘अवधी भाषालाई पहिल्यै हाीले पनि बुझ्न सकेनौं तर यो भाषा मर्यादा पुरुषोत्तम भगवान श्रीरामसँग जोडिएको छ भगवान राम हाम्रो आराध्य हुन । उहाँको यो भाषा लोप हुनु हुँदैन । अवधी भाषा केहीहरुको मात्र होईन बरु यो मधेशमा जन्मिने सबै धर्म, जाति, लि·, समुदायको भाषा हो नेपाल शिवसेना यसको विकासको लागि मधेश मिडिया मिसनसँग सहकार्य गरी यसको संरक्षण सम्बद्र्धनमा कार्य गर्ने भन्नुभयो ।’
मधेश मिडिया मिसन नेपालका बाँके अध्यक्ष चन्द्रेश्वरराज त्रिपाठीले– ‘मिसन मधेशको हक हितमा निरन्तर रुपमा कार्य गरी रहेको छ । हामी अवधी भाषाको अरु विकास गर्न चाहान्छौं, त्यस्तै अवधको संस्कृति सभ्यता संरक्षणको लागि मधेशी संग्रहालयको स्थापना, धर्म संस्कृतिको संरक्षण गर्नेतर्फ कार्य गरी रहेको छ । हामीलाई सानो तिनो सहयोग मिल्छ भने त्यसलाई ठूलो सहयोग मान्छौं भन्दै सबैमा सहयोगको लागि अपील गर्नुभयो ।


मिसनका सल्लाहकार अजयकुमार गुप्ताले मधेश मिडिया मिसन नेपालको परिचय र उद्देश्य बारे जानकारी गराउँदै ‘मिसनको उद्देश्य अवधी, मैंथिलीलगायत भाषाको विकास गर्नु हो । यसको साथै मिसन मधेशको धर्म, संस्कृति सभ्यताको संरक्षण र सम्बद्र्धन गर्ने उद्देश्य लिएको छ । यो कार्य अति कम समयमा धेरै नै गरिएको छ । अगामी समय पनि यो कार्य गर्नेछ । मधेशमा नै माता जानकी, शिरध्वज राजा जनक र भगवान गौतम बुद्ध जन्म लिनु भयो । भारतको अयोध्यातर्फ अवध क्षेत्रको टाउको रहेको र खुट्टा हाम्रो अवध क्षेत्रतर्फ रहेको भर्खरै जानकारी हामीलाई मिलेको छ । अवध क्षेत्रको विकासको लागि अवधी भाषाको विकास हुनु पर्ने जरुरी छ तर मधेशको नाममा मधेशी राजनीति गर्ने विभिन्न राजनीतिक दल मधेशको धर्म, संस्कृति, सभ्यता संरक्षणको नाम सुन्ने बित्तिकै आँखा, नाक खुम्च्यिाउँछन् । यिनीहरुबाट मधेश र मधेशी जनताको संरक्षण सम्बद्र्धन हुन सक्दैन । हामी मधेशी राजनीतिक दलको बाजा होइनौ बरु हामी मधेशको हकहितमा कार्य गर्ने छौं । मधेशको हकमा जसले काम गर्छ त्यसको लागि मधेश मिडिया मिसन नेपालले कार्य गर्छ,’ समापन कार्यक्रमलाई सम्बोधन गर्दै भन्नुभयो ।


उक्त कार्यक्रममा मिसनका उपाध्यक्ष मनोजकुमार कौशल, सचिव सन्ध्या शर्मा, कोषाध्यक्ष चन्दा सिंह, सदस्यहरु शुभम शर्मा, सकिल अहमद राई, देवीदयाल मिश्रालगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *