Thursday, April 23सत्यम खबर
Shadow

राप्रपा नेपालका केन्द्रिय सदस्य मोहन सिंह केसी पुत्र शोकमा

– रमेश चन्द्र कुमाल
नेपालगन्ज, ९ माघ – राप्रपा नेपालका केन्द्रिय सदस्य मोहन सिंह केसी पुत्र शोकमा पर्नु भएको छ ।
बुधवार १०ः२५ बजे राती कोहलपुर–१४ पार्वतीपुरस्थित भेरी टूक यातायात प्रालिद्वारा सञ्चालित धर्मकाँटामा कार्यरत रापपाका नेता केसीको ४८ वर्षीय छोरा त्रिलोक सिंह केसीलाई भे१क १९९९ नं.को टिप्परले ठक्कर दिइ भागेको थियो ।
त्रिलोक सिंहले टिप्पर चालकलाई टर्च बाली बाटो देखाएका थिए तर टिप्पर चालक अनियन्त्रित गतिले टिप्पर डिभाइडरमा ठोक्काएर केसीलाई किचेको कुरा जानकारीमा आएको छ ।

फोटोः गुगल


बाँकेको राप्तीसोनारी गाउँपालिका– २ बस्ने टिप्पर चालक टिप्पर लिएर भागेका थिए तर मृतक केसीको कपडाको केही भाग टिप्परको पांग्रामा फेला परे पछि सोही टिप्परबाट केसीको मृत्यु भएको कुरा पुष्टि भएको थियो । यसमा पनि सो टिप्पर चालकले आफूबाट केसीको मृत्यु नभएको दावी गर्दै आएका थिए । तर पछि उनले मेरै टिप्परबाट किचिएर केसीको मृत्यु भएको स्वीकारेका थिए । मृतक केसीको शरीरको दायाँ भाग नराम्रो ढंगले किचिएको थियो ।
घटनापछि मृतक परिवारका सदस्यले कोहलपुर इलाका प्रहरी कार्यालयमा जाहेरी दर्ता गराएका थिए । शुक्रवार दिन मृतक केसीको पोष्टमार्टमपछि शनिवार सिधनियाघाटस्थित राप्ती नदीमा अन्तिम संस्कार गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *