
नेपालगन्ज, २७ पाैष – नेपाललाई एकीकरण गर्ने राजा पृथ्वी नारायण शाहकाे आज ३०० ओैं जन्मजयन्तीकाे अवसरमा विभिन्न कार्यक्रमहरू गरिएकाे छ । पृथ्वी जयन्तीको दिन नेपालगन्जमा विभिन्न धार्मिक संगठन तथा नेपाल शिवसेनाले एक सयभन्दा बढि मोटरसाइकल र्याली नेपालगन्ज परिक्रमा गरेको छन् ।
उक्त मोटरसाइकल र्याली नेपालगन्ज कारकाँदो हुँदै पुष्पलाल चोक, न्युरोड, त्रिभुवन चोक, विपि चोक हुँदै विरेन्द्र चोक, धम्बोजिमा आएर कोणसभा गर्दै आफ्नो एक मन्तव्य नेपाल शिवसेनाका केन्द्रीय सचिव मंगल जिएमले राखेका छन् ।
मन्तव्य राख्ने क्रममा सचिव मंगलले पार्टीको झण्डा मुनि बसेर रहेर हिन्दुराज्य र राजसंस्था नआउने बताएका छन् । हामीले पृथ्वीनारायण शाहको एकीकरण गरेको इतिहासमा विद्यालयदेखि विश्वविद्यालयसम्म रटाउने, घोकाउने क्रम यथावत् चलिरहेकै छ तर हिन्दुराज्य र राजसंस्था चाहिन्छ भनेर सम्पूर्ण पार्टीको झण्डा मुनिभन्दा राष्ट्रिय झण्डा मुनि बसेर आवाज उठाउन सकियो भने हिन्दुराज्य र राजसंस्थालाई चाहेर पनि रोक्न नसक्ने बताउनु भयो ।
