Sunday, April 12सत्यम खबर
Shadow

गौडेल समूहद्वारा मतदाता भेटघाटमा तिब्रता

नेपालगन्ज, २६ पौष – नेपाली काँग्रेस बाँकेको सभापति पदका उम्मेदवार नारायणप्रसाद गौडेल समूहले भेटघाट जारी नै राखेको छ । माघ १५ गते हुने जिल्ला अधिवेशनका लागि गौडेलको नेतृत्वमा घोषित उम्मेदवारहरुको टोलीले आईतबार बैजनाथ क्षेत्रका मतदाताहरुलाई भेटेको छ ।


बैजनाथ गाउँपालिकाको वडा नम्बर २, ३ र ४ का क्षेत्रीय प्रतिनिधिहरुसँग भेटघाट गरेर सहयोगका लागि आग्रह गरेको गौडेल समूहको सचिवालय संयोजक तथा लुम्बिनी प्रदेश कमिटी सदस्य टेकनारायण भुषालले बताए ।
सभापतिका उम्मेदवार गौडेल, उपसभापतिका उम्मेदवारद्वय गोपालप्रसाद अधिकारी र राजकुमार मौर्य, सचिवका उम्मेदवारद्वय सुधांशु कोइराला र टंकप्रसाद काफ्ले (आशिष) तथा सहसचिवका उम्मेदवारहरु रेण सिंह ठाकुर र विश्वराज लम्साल लगायत सदस्य पदका केही उम्मेदवारहरु पनि भेटघाटका लागि पुगेको थिए ।
“भेटघाटका क्रममा मतदाताहरुबाट पाइरहेको ‘रेस्पोन्स’ले हामीलाई उत्साहित बनाएको छ,” सभापतिका उम्मेदवार गौडेलले भने, “हाम्रो टिमबाट क्षेत्रीय प्रतिनिधिज्यूरुहरुले पार्टीमा रुपान्तरणको आशा गर्नुभएको छ, उहाँहरुले हामीलाई हौसल दिइरहनु भएको छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *