Sunday, April 12सत्यम खबर
Shadow

धर्म निरपेक्षता, हिन्दु राष्ट्र र राजसंस्था राख्ने कि नराख्ने सम्बन्धमा पनि जनमत संग्रह हुनुपर्ने कुरामा आफ्नो पार्टी सहमत छः धर्मेन्द्र बास्तोला

मनोजकुमार कौशल
नेपालगन्ज, २५ पौष – देशको आर्थिक शासन प्रणाली परिवर्तन गर्ने कुरामा जनमत संग्रह हुनुपर्छ तर देशमा ८५ प्रतिशत जनता धर्म निरपेक्षता, हिन्दु राष्ट्र, राजसंस्था राख्ने कि नराख्ने सम्बन्धमा जनमत संग्रह हुनुपर्ने कुरामा मांग उठाई रहेका छन् । यसमा पनि जनमत संग्रह हुनुपर्ने कुरामा आप्नो पार्टी सहमत छ । उक्त कुरा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बास्तोलाले भन्नु भएको हो ।
आज आईतबार नेपालगन्जमा जनपत्रकार संगठन नेपाल, जिल्ला समिति बाँकेले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्नु हुँदै नेता बास्तोलाले भन्नुभयो– ‘नेपाली जनताले २०६२/०६३ को जनआन्दोलनबाट जस्तो प्रकारको आमूल परिवर्तन हुनुपर्ने चाहेको थिए, त्यस्तो परिवर्तन भएको छैन ।’


परिवर्तनपछि देश धनी बन्नु पर्ने थियो तर अझ गरीब भएको छ । देशको आर्थिक प्रणालीमा सुधार आएको छैन । भ्रष्टाचारमा बढोत्तरी भएको छ । वाईडबडी लगायत ५० औं वटा ठूला भ्रष्टाचार भएको छ । यस्तो भ्रष्टाचारबाट प्रमुख राजनीतिक दलका नेता धनी बनेका छन् । यस्तो भ्रष्टाचार, अनियमितता रोक्न देशको आर्थिक प्रणाली फेर्नु जरुरी छ । राज्य प्रणाली फेर्नमा सहमति गरौं, सहमति गर्न जनमत संग्रह तर्फ लागौं मांग गर्दै नेताले भन्नुभयो ।
अब स्थानीय प्रदेश र संसदीय निर्वाचन हुने भएको छ । १०–२० पटक यस्तो निर्वाचन भए पनि आर्थिक प्रणालीमा सुधार आउने वाला छैन । किनकी दलाल पूँजीपति जनविरोधी शक्ति देशमा हाबी छन् । आधारभूत परिवर्तन नभएसम्म सुधार आउन सक्दैन । वैज्ञानिक समाजवाद हाम्रो मूल धारणा हो । संसदीय व्यवस्थाले अहिले कार्य गर्न सकिरहेको छैन । अब संसद विघटन गरी चुनावमा जानु पर्ने जनताले मांग उठाउन शुरु गरेका छन् । अब संसद विघटन गरेर सबै पार्टीलाई सहभागी गराएर सरकार बन्नु प¥यौ भन्नुभयो ।
संचारकर्मीहरुले नेता बास्तोलालाई प्रश्न गरे के तपाई सत्तामा सहभागी हुने सोच बनाउनु भएको छ । यस प्रश्नमा उहाँले भन्नुभयो– हाम्रो पार्टी सत्तामा सहभागी हुनुपर्ने सोंच बनाएको छ तर हाम्रो पार्टी यस सत्तामा जान खोजेको होईन । हामी वैज्ञानिक समाजवादमा आधारित सत्तामा सहभागी हुन तयार छौं । अहिले सत्तामा रहेका राजनीतिक दल चटपटे बिक्री जस्तो हुन, यस्तो चटपटे बिक्री गर्ने सत्तामा सहभागी हुन तयार हामी छैनौं बताउनुभयो ।


सञ्चारकर्मीहरुले नेता बास्तोलासँग प्रश्न राख्दै भने तपाईको पार्टी माथि अपहरण, चन्दा असुली, अराजक कार्य गरिरहेको आरोप छ वास्तविक कुरा के हो ? सोद्धा उहाँले भन्नुभयो– ‘सत्तासीन राजनीतिक दलले जुन प्रकारले अवैध चन्दा असुली गरिरहेका छन् । त्यस्तो कार्य हामीले गरेका छैनौं, हामी माथि जुन प्रकारको आरोपहरु लागी रहेको छ सो कुरा एकदमै गलत हुन । हामीले अपहरणलगायत कार्य गरेका छैनौं । सहयोग अवश्य लिईएका छौं तर दलाल पूँजीपति वर्गसँग चन्दा लिएका छैनौं । पार्टी सञ्चालनको लागि राष्ट्रिय स्तरका उद्योगपतिसँग अवश्य सहयोग लिएका छौं ।


हामीले मिलेनियम च्यालेन्ज कार्पोरेशन एमसीसीको विरोध गर्दा झुठ्ठा आरोपहरु लगाई बदनाम पारिएको छ । यस्तो कुरा अफवाह मात्र हुन । नेपाललाई एमसीसीमा फंसाउने कुचक्र सत्तासीन दलहरुले गरिरहेका छन् । हाम्रो देशलाई अमेरिकी साम्राज्यसँग गाभ्ने प्रयास गर्ने कार्य भईरहेको छ । जुन कि अति नै खतरनाक छ । यस्तो कार्यबाट देश र जनता पराजित बन्ने छन् । अमेरिकाको मातहतमा चल्ने प्रावधानको हामी विरोधी हौ एमसीसी भित्रिन दिनु हुँदैन, स्पष्ट पार्नु हुँदै, उहाँले अमेरिका नेपाललाई आधार बनाएर भारत र चीन दुबैलाई आफ्नो घेरामा पार्ने प्रयास गरी रहेको छ र यसबाट हामी दुबै छिमेकी देशसँग शत्रुता बढाउने कार्य गरी रहेका छौं ।
५ अर्ब डलर एमसीसी भित्राउन अमेरिकाले खर्च गरि सकेको छ । यसमा अढाई अर्ब डलर त सत्तामा रहेको राजनीतिक दलहरुले नै पचाई सकेका छन् । केही रकम मिडिया, साहित्यकारहरुले पनि पाएको आरोप लगाउनु भयो । बोल्ने क्रममा उहाँले अब सबै कम्युनिष्ट पार्टी बीच एकता हुनु पर्ने विचार राख्नु भयो ।
त्यस्तै नेपाल कम्युनिष्ट पार्टी बाँके बर्दिया इन्चार्ज दिपक चलाउनेले भन्नुभयो– ‘हामी बीच ३ बूँदे शान्ति सहमति भयो तर सहमति कार्यान्वयनमा आउन सकेको छैन । अहिले हामीलाई थप प्रताडित पार्न वारेन्ट जारी गर्ने कार्य जारी छ । हामी शान्तिले जीवनयापन गर्न चाहेका छौं तर त्यस्तो गर्न दिएको छैन भन्नु हुँदै उहाँले भ्रष्टाचार स्थानीयदेखि केन्द्रसम्म छ । त्यस्तै महिला माथि हिंसा, दुव्र्यवसन, गुण्डागर्दी, प्राकृतिक स्रोतसाधनको दोहन तिब्र गतिले चलेको छ । यस्तो कार्य रोक्न वैज्ञानिक समाजवादमा आधारित शासन प्रणालीको आवश्यकता रहेको भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *