
नेपालगन्ज, २१ पौष – बाँकेको जानकी गाउँपालिकाले गाउँपालिकाका वडा नं १ले आफनै वडा भित्रको ५ वटै गाउँमा रहेका ७० वर्ष माथिका वृद्धवृद्धाहरुलाई न्यानो कम्बल वितरण गरी सम्मान गरिएको छ ।
जानकी गाउँपालिकाको वडा नं १ को आयोजनामा वृद्धवृद्धा नागरिकहरुलाई न्यानो कपडा वितरण गरिएको छ । जानकी गाउँपालिका वडा नं १ का वडा अध्यक्ष मो. रजा राईले अति गरिब परिवारको पहिचान गरी न्यानो कपडा वितरण गर्नु भएको हो ।

बदलिंदो मौसमका कारण अतिविपन्न परिवारको पहिचान गरी जानकी गाउँपालिका वडा नं १ ले न्यानो कम्पल सहयोग वडा अध्यक्ष राईले बताउनुभयो । कम्बल वितरण गर्दै वडा अध्यक्ष राईले गाउ“ भित्रका नागरिकको आवश्यकताका आधारमा कम्बल वितरण गरिएको भन्नु भयो ।
उहाँले नागरिकका लागि जस्तो सुकै अवस्थामा पनि सहयोग गर्ने बताउनु भयो । वडा अध्यक्ष राईले सहयोग सानो र ठूलो भन्ने हुन्न तर नागरिक हितका लागि जस्तो सुकै सहयोग गर्न तयार रहेको बताउनुभयो ।

उहाँले कम्बल वितरण कै क्रममा उपस्थित परिवारका सदस्यलाई आफ्ना अभिभावकलाई सहयोग गर्नु परिवारको पहिलो कर्तव्य भएको बताउनुभयो । स्थानीय सरकार त्यसको अभिभावकत्व ग्रहण गर्न सदैव तमतयार रहने बताउनु भयो ।
कम्बल वितरण कार्याक्रम जानकी गाउँपालिका वडा १ का वडा अध्यक्ष मो रजा राई, वडा सदस्यहरु हौसी लाल कन्दु, इब्राहीम हल्वाई, जाहिरा राई, अनिता धोबी, वडा कर्मचारी कमलेश कन्दु, बनवारी लाल कन्दु, शिवकुमार शुक्ला लगायत मधेश मीडिया मिशनका पत्रकारले न्यानो कम्बल वितरण गर्नु भनेको विपन्न परिवारको घरदैलोमा पुगेर स्थानीय सरकार सेवा दिन तयार रहेको बताउनुभयो ।

वडा भित्र रहका जेष्ठ नागरिकहरुलाई समेटिने गरी २ सय ७० जनालाई कम्बल सहयोग गरी सम्मान गरिएको बताउनुभयो । हाल मौसम परिवर्तन भई झन समस्या भएको हुँदा वडाका नागरिकहरुको समस्यालाई महसुस गरी स्थानीय सरकारको भूमिका निर्वाह गरेको बताउनुभयो ।

